बलिउडमा समयसमयमा बलिउड स्टारहरुले प्रभाव जमाउँछन् । शाहरुख खान, सलमान खान, अमिर खान, अजय देवगन, अक्षय कुमार बाहेक बलिउडमा ‘राज’ गर्ने अभिनेताबारे बहस भएको छ । 

हिन्दी मनोरञ्जन पोर्टल बलिउड हंगामाका अनुसार बलिउडमा प्रभाव जमाउने आगामी सुपरस्टारबारे बहस छेडिएको छ । क्रिटिक्स तरण आदर्शसँग कुराकानी गर्दै बलिउड हंगामाले बहसबारे सामग्री तयार पारेको छ । 

केही दिन अघि सुपरस्टार सलमान खानले समेत आफ्नो अभिव्यक्तिमा यी पाँच स्टार चाँडै रिटायर नहुने बताएका थिए । यसको अर्थ के लाग्छ भने, बलिउडमा आगामी सुपरस्टार बन्ने कसैको योग्यता छैन । 

आगामी बलिउड सुपरस्टारबारे बोल्दै ट्रेड एनालिस्ट तरण आदर्शले हिन्दी फिल्म इन्डस्ट्रीमा सधैं समय परिवर्तनशील देखिएको बताए । आज कोही सुपरस्टार छन् भने भोलि अरु कोही आउनेछन् । 

को हुनेछन् त बलिउडका आगामी सुपरस्टार

बलिउड हंगामासँगको कुराकानीमा तरण आदर्शले अग्ला सुपरस्टारबारे बोल्दै यो एउटा गज्जबको बहस भएको बताए । ‘यो एउटा दिलचस्प विषय हो, अहिले पनि हामी ठूला सुपरस्टारका साथ छौं, चाहे ती आमिर खान, अक्षय कुमार, अजय देवगन, सलमान खान, शाहरुख खान र यहाँसम्मकी साउथका प्रभास हुन्,’ एनालिस्ट तरणले भने,‘मलाई लाग्छ जुन महिनापछि निकै राम्रो हुनेछ, कयौं युवा कलाकार इन्डस्ट्रीमा आउँदैछन्, रणवीर कपुर ‘एनिमल’ लिएर आउँदैछन्, रणवीर सिंह ‘रकी और रानी’ को कथा लिएर आउँदैछन्, त्यस्तै सनी देओल ‘गदर २’ का साथ केही अन्तरालमा आउँदैछन्, यो बडो गज्जबको क्रम छ ।’

सुपरस्टारको इतिहासबारे बताउँदै तरणले इतिहास संयोग नभएर परिवर्तनशील समय भएको बताए । ‘कहिले काही म पनि खबरमा देख्छु, त्यहाँ दाबी गरिएको हुन्छ, सलमान, शाहरुख, आमिर, अक्षय, अजय र ऋतिकभन्दा कोही सुपरस्टार छैनन्, बलिउडका यी सुपरस्टार हुन्, यीबाहेक कोही छैनन् भनिएको हुन्छ,’ ट्रेड एनालिस्ट तरणले भने, ‘यसलाई म संयोग भन्दिनँ, सधैं समय बदलिंदै जान्छ, हिन्दी सिनेमामा पहिले सुपरस्टार अशोककुमार  थिए, उनले देविका रानीका साथ कयौं सफल फिल्म गरे, ‘किस्मत’ सन् १०४३ मा भारतको पहिलो ब्लकबस्टर भयो, त्यो समयमा लाग्थ्यो अशोक कुमारभन्दा कोही ठूला सुपरस्टार छैनन्, त्यसपछि तीन ठूला नाम आए– राज कपुर, दिलिप कुमार र देव आनन्द, यी तीनले लामो समयसम्म बलिउडमा राज गरे, त्यतिबेला पनि प्रश्न उठ्यो कि आगामी सुपरस्टार को हुन् ?’

एनालिस्ट तरणले भने, ‘फेरि राजेश खन्ना आए, तर यो समय लामो रहेन, कारण थ्यो नयाँ ‘एङ्ग्री योङ मेन’ जो आज पनि इन्डस्ट्रमा छन्, अमिताभ बच्चन ।’

अमिताभ बच्चनका बारेमा दिवंगत मनमोहन देसाईले भनेका थिए, ‘यस्ता सुपरस्टार ७० वर्षमा एकपटक आउँछन् ।’

‘तर उनीपछि सलमान खान, शाहरुख खान आए । आज पुनः शाहरुख खानले कमब्याक गरेका छन् । सलमान टाइगर ३ का साथ आउँदैछन् । यो समय हो परिवर्तन भइरहन्छ । हिजो कोही थियो, आज कोही छन् र भोलि अरु कोही हुनसक्छन् ।’

तरणले आफू नयाँ पिंढीमा समेत निकै आशा राखेको बताउँछन् । रणवीर कपुर, रणवीर सिंह र कार्तिक आर्यन निक्कै राम्रो गर्दैआएको बताउँछन् । र, पुनः कतैबाट कोही नयाँ स्टार आउँछन्, यस्तो पनि हुनसक्छ । र, उनीहरुले सबैलाई पछि छाड्न सक्छन् । किनभने समय हो, परिवर्तन भइरहन्छ । ‘यसैले आफ्नो स्टारडमलाई हलुका रुपमा लिन हुँदैन न कि समयलाई ।’ ट्रेड एनालिस्ट तरण आदर्श भन्छन् ।