धनकुटा । जिल्ला अस्ताल धनकुटामा उपचार गराई रहेका एक विरामीका कुरुवा तीन दिन देखी भोकै भएपछि धनकुटाका एम्वुलेन्स चालक र औषधी व्यवसायीहरुले सोमबार आर्थिक सहयोग गरेका छन् । 

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.७ ढोडे घर भएका कोभिड संक्रमित वर्ष ४८ का निरवहादुर दर्जीका श्रीमती वर्ष ३५ की अस्मिता दर्जी तिन देखी आर्थिक अभावको कारण भोकै भएपछि एम्वुलेन्स चालकहरु र औषधी व्यवसायीहरुले सहयोग गरेका हुन् ।

एक हप्ता अघि जिल्ला अस्पताल धनकुटामा उपचारको लागी श्रीमान निर वहादुरलाई लिएर आएकी अस्मिताले आफू वेखर्ची भएको कारण खाना खान नपाएको वताएपछि उनीहरुले सहयोग गरेका हुन् ।

अस्मिताले आफ्नो श्रीमान विरामी भएको २ हप्ता हुन लागेको वताईन । उनले आफ्नो श्रीमानलाई कोभिड पोजेटिभ भएपछि उपचारको लागी महालक्ष्मी नगरपालिकाले धनकुटा पठाएको वताईन । आफुले विरामी लिएर आउँदा ५ हजार रुपयाँ लिएर आएको पैसा ३/४ दिन अघि नै सकिएको बताईन ।

अस्मिताले अस्पतालले विरामीलाई मात्र खान दिने गरेको र आफूले वाहिर किनेर खान पैसा नभएकोले भोकै वस्नु परेको बताएकी छन् । 

धनकुटा बजारका एम्वुलेन्स चालकहरुको अगुवा नविन श्रेष्ठको अगुवाईमा औषधी व्यवसायी र स्थानिय व्यवसायीहरुले नगद १३ हजार संकलन गरी विरामी निरवहादुरका श्रीमती अस्मितालाई प्रदान गरेका छन् । पैसा सकिएकोले खान खान नपाएको गुनासो आएपछि आ–आफ्नो स्वइच्छाले नगद संकलन गरिएको एम्वुलेन्स चालक सन्त लिम्वुले बताए । 

सहयोग गर्नेहरुमा नविन श्रेष्ठ, सन्त लिम्वु, प्रविन तामाङ, पवन घिमिरे, लोकन्द्र कार्की, दुर्गा श्रेष्ठ, विकास डंगोल, दिनेश सुवेदी, मदन शाही र गणेश कट्वालले जनही १ हजारका दरले नगद १० हजार संकलन गरिएको लिम्वुले बताए ।

त्यसैगरी स्थानिय औषधी पसलहरु साझा औषधी पसल, धनकुटा मेडिकल, सुमित मेडिकल, पुर्वाञ्चल मेडिकल, लक्ष्मी मेडिकल र स्थानिय मासु व्यवसायी धनकुटा–७ का राजेश राईले जनही ५ सयको दरले ३ हजार गरी जम्मा १३ हजार नगद संकलन गरी उनीहरुले जिल्ला अस्पताल परिसरमा अस्मितालाई प्रदान गरेका हुन । 

विरामी दर्जीको उपचारको लागी महालक्ष्मी नगरपालिकाले सोमवार ३ हजार रुपयाँ पठाई दिएको अस्मिताले बताईन । जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले दर्जीको अवस्था निक्कै गम्भिर रहेको बताए ।

उनले अक्सिजन नहुनु हो भने उपचारमा समश्या आईपर्ने वताए । दर्जी जस्तै जिल्ला अस्पतालको कोभिड विरामी उपचार कक्षमा हाल १३÷१४ जना र धनपा–६ औधोगीक ग्राममा रहेको आइसोलेसनमा उपचार ७÷८ जना गरी २२ जनाको उपचार भैरहेको डा.पुजनले बताए । अक्सिजन नहुनु हो भने अधिकांश विरामीलाई गाह्रो हुने उनले बताएका छन् ।