ब्लाष्टखबर । साम्प्रदायिक घृणा फैलाएको आरोपमा मुम्बईको वांद्रे अदालतले बलिउड अभिनेत्री कंगना रनौतको विरुद्ध  मुद्दा दायर गर्न आदेश दिएको छ ।

कंगनाको ट्वीटलाई भड्काउने भन्दै मुन्ना वराली र साहिल अशरफ सय्यदले बांद्राले अदालतमा मुद्दा दर्ता गर्न माग गरेकाे थिए । उनिहरूले कंगना रनौतले आफ्नो बयान र ट्वीटको माध्यमबाट बलिउडमा हिन्दू-मुस्लिम समुदाय बिच घृणा बढाउने अविव्यक्ती दिनेगरेकाे भन्दै मुद्दा दायकाे माग गर्दै निबेदन दिएकाे भारतीय संञ्चार माध्यमले जनाएका छ । 

निबेदनमा बलिउडलाइ बदनाम गर्न साेसल मिडिया, टिलिभिजन कार्यक्रम लगायतमा बलिउड बिरूद्ध बयानबाजी गर्ने गरेकाे तथा साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गरेकाे उल्लेख गरेकाे त्यहाँका संञ्चार माध्यमले जनाएकाे छ । उक्त निबेदन परेसंगै अदालतले उनिकामथी मुद्दा गदर्ता गर्न आदेश दिएकाे बताइएकाे छ । 

अदालतकाे उक्त आदेशसंगै कंगना विरूद्ध मुद्दा दर्ता भएपछि बलिउड अभिनेत्रीलाई सोधपुछ गरिनेछ । प्रमाणीत भएमा प्रहरीले पक्राउ समेत गर्ने बताइएकाे छ ।