विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. –२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् ।
सुहाङ २२ हजार ४२६ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे । आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गर्दै सुहाङ निर्वाचित भएका हुन् । यो उनको दोस्रो संसदीय यात्रा हो । यसअघि उनी २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए ।
निर्वाचन कार्यालयका अनुसार श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे ।
फागुन २१ गते भएको निर्वाचनमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । यहाँ तीन हजार ८८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।





























