विजयपुर। सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह १२ हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका हुन् ।
हालै सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्प्रधि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा २२ हजार ८३१ मत प्राप्त गरी दोस्रो भएका छन् ।
सिंह मधेश क्षेत्रका चर्चित तथा स्पष्टवक्ता नेताका रूपमा चिनिन्छन् । उनी लामो समयदेखि क्षेत्रीय राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए । विगत स्वतन्त्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
गगन चर्चित युवा नेतामध्ये एक हुन् । विद्यार्थी राजनीतिबाट उदाएका थापा नेपाल विद्यार्थी संघका पूर्व हुँदै अध्यक्ष समेत हुन् । उनी विगतमा प्रतिनिधि सभा सदस्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
निर्वाचन परिणामअनुसार नेकपा (एमाले) का अमनिश कुमार यादव ले ९ हजार ३४३ मत प्राप्त गरेका छन् । त्यसैगरी जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार ५७२ मत तथा नेपाल कम्युनिष्ट पार्टीका रजनिस राय ले १ हजार ४०१ मत प्राप्त गरेका छन् ।





























