विजयपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ५० प्रतिशत मत प्राप्त गरेको छ । यता श्रम संस्कृति पार्टीले भने २ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ । यो दल अग्रस्थानमा देखिएको छ ।

हालसम्म गणना भएको कुल सदर मत २३ लाख ३१ हजार ९ मा रास्वपाले ११ लाख ८३ हजार २२ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ९५ हजार ७०८ मत अर्थात् करिब १६ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले ३ लाख १७ हजार ४१३ मतसहित १३ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ लाख ५१ हजार ६५६ मत अर्थात् ५ प्रतिशत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८६ हजार ३३० मत अर्थात ३ प्रतिशत प्राप्त गरेको छ ।

श्रम संस्कृति पार्टीले ४६ हजार ९५१ मत अर्थात २ प्रतिशत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ३१ हजार ४५ मत अर्थात १ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ ।