विजयपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले झण्डै मतको फराकिलो अन्तरले अग्रता कायम राखेका छन् ।
कुल ६५ हजार ७५६ मत गणना गर्दा राईले ३१ हजार २४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ९०८ मत प्राप्त गरिन् । राईले १४ हजार ३३९ मतान्तरले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार यो धरानका २० वटा वडाको मत हो । अब बराहक्षेत्रका ५ वटा वडा र रामधुनीका २ वडाको मत गणना गर्न बाँकी रहेको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराईले ५ हजार ३१६ मत, एमालेका टिकाराम लिम्बुले ४ हजार १८ मत तथा नेपाली काँग्रेसका सुजेन्द्र तामाङले २ हजार ७३९ मत प्राप्त गरेका छन् ।





























