धनकुटा । धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई लगातार तेस्रो जित निकालेर प्रतिनिधिसभा सदस्य पदमा ‘ह्याट्रिक’ मारेका छन् । 

शनिवारसम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र विजयी भएका हुन् । उनले ३ हजार ८ सय ७५ मतान्तरले नेपाली कांग्रेसका दिनेश राईलाई पराजित गरेका हुन् ।

पुर्व खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रि समेत भएका राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् । उनी नेपाली कांग्रेस धनकुटाका पार्टी सभापती समेत हुन् । 

यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ११ हजार, ९३२ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ९ हजार ९४४ मतसहित चौथो स्थानमा चित्त बुझाएका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार राईको चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हात पारेका हुन्  । यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ बाट उम्मेदवार रहेर नेपाली कांग्रेसका सुनिलवहादुर थापासंग पराजित भएका थिए ।

त्यसपछि उनी एमालेबाटै २०७९ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन विजय भएका थिए । अहिले पनि जित निकाल्दै उनले प्रतिनिधिसभा सदस्य पदमा जितको ह्याट्रिक गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार, १८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७ सय ३, जसपा नेपालका आइतराज लिम्वूले ४ सय, ३२ मत प्राप्त गरेका छन् । 

विजयी उम्मेदवार राईलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्गनामले विजयीको प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा प्रदेस माननिय निरन राई, जिल्ला समन्वय धनकुटाका उप–प्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, पराजित उम्मेदवार दिनेश राई, श्रम संस्कृति पार्टीका सानवहादुर राई, रास्वपाका दिनेश भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेललगायत उपस्थित थिए ।