विजयपुर । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ हालसम्म प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मतसहित अग्रस्थानमा छ।
निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार रास्वापाले १० लाख ५१ हजार २० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले हालसम्म ३ लाख ४८ हजार २७८ मत प्राप्त गरी दोस्रो स्थानमा छ। त्यसैगरी नेकपा एमालेले २ लाख ७६ हजार ३०३ मतसहित तेस्रो स्थानमा छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीले १ लाख २१ हजार ९२० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ७४ हजार ९२६ मत पाएको छ। श्रम संस्कृति पार्टीले ४३ हजार ७१२ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ७६२ मत पाएको छ। जनता समाजवादी पार्टी, नेपालले १४ हजार ३७१ मत प्राप्त गरेको छ। हाल मतगणना जारी रहेको छ।




























