विजयपुर । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई १३ हजार मतले अगाडी रहेका छन् ।
अहिलेसम्म सम्पन्न मत गणनामा राईले ३३ हजार २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १९ हजार ५५४ मत पाइन् । राई र तामाङको मतान्तर १३ हजार ४६७ रहेको छ ।
नेकपाका उम्मेदवार सूर्य बहादुर भट्टराईले ५ हजार ५३४ मत प्राप्त गरे । एमालेका टिकाराम लिम्बूले ४ हजार ७१६ मत प्राप्त गरे । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार १६७ मत प्राप्त गरे ।






























