विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नं. १ मा हर्कराज राईले फराकिलो अग्रता कायमै राखेका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार राईले ३० हजार ५५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार २३६ मत प्राप्त गरिन् । त्यसैगरी नेकपाका सूर्य बहादुर भट्टराई (मनोज) ले ५ हजार १४८ मत पाएका छन् ।
एमालेका उम्मेदवार टिकाराम लिम्बुले ३ हजार ८५४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ हजार ६१९ मत प्राप्त गरेका छन् ।





























