विजयपुर । श्रम संस्कृति पार्टीले खोटाङका आरेन राई विजयी भएसँगै प्रतिनिधि सभा सदस्य निर्वाचनमा खाता खोलेको छ । उक्त पार्टीको दुई स्थानमा अग्रता देखिएको छ ।

राई १६ हजार ६१२ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याए । नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरे । यता श्रम संस्कृति पार्टीले भोजपुर र सुनसरी क्षेत्र नं १ मा अग्रता कायम गरेका छन् ।