‘मान्छे अदालतमा चालिरहेको मुद्दा हो, जसको फैसला धारमा पुगेपछि हुन्छ ।’ यसै वाणीबाट आफ्ना कुराहरू पस्कन चाहन्छु । राजनीति पेशा होइन, सेवा हो । जसबाट आत्मा सन्तुष्टि हुन्छ भन्ने दृष्टान्त हाम्रो पूर्वीय शास्त्रहरूले दिएको पाइन्छ । जस्तैः राजा दशरथ, राजा जनक आदि तर, यसलाई राजनीतिको चासनीमा डुबाएर अन्य पेशासरह मानिआएका छन् ।

सुनसरीका केही बौद्धिक मित्रहरू हालसालै नेपाली काङ्ग्रेसको उपसमितिमा मनोनित भएको प्रचारबाजी भएको छ । यसबारे मैले (२०७७ असोज २८ गतेको ब्लाष्ट टाइम्स दैनिकमा केही प्रकाश पारेको थिएँ) केही थप कुराहरू राख्दैछु जो ज्ञात भएकै कुराहरू हुन् । तैपनि महाधिवेशन सँघारमा प्रवेश गरिसकेको बेला सान्दर्भिक नै होला भन्ने लागेकाले नपुग कुराहरू प्रष्ट्याउने जमर्को गरेको छु ।

प्रथमतः मनोनित मित्रहरूलाई बधाई छ । महाधिवेशनको सँघारमा विधिविधानलाई मिचेर, बलमिच्याइँ फोहोरी खेल भएकै हो भन्ने बुझ्नु भएकै हुनुपर्छ । त्यसमा मनोनित हुनुभएका बौद्धिक मित्रहरू मौन हुनु र कुनै प्रक्रिया नदिनुले म असमञ्जसमा परेको छु । मनोनित गर्नेले त योग्य सम्झेर नै मनोनित ग¥यो, मनोनित हुनेको यसबारे विचार हुनु प¥यो नि । यही असहज तथा सिधा कुरा बुझ्न खोजेको हुँ ।

समाजवादी तथा साम्यवादी दुई ध्रुवीकरणमा विभाजित विश्वको राजनीतिक दौड धेरै अगाडि बढिसकेको छ । त्यसमा हाम्रो देशको राजनीतिक परिदृश्य तथा परिस्थिति, कानूनी अधिकार गुमाइसकेको नेपाली काङ्ग्रेसले अधिवेशन गर्न खोज्दैछ । समय अझै बढाउने बुझिँदैछ । विश्वव्यापी फैलिएको यो कोभिड–१९ ले मानवतामाथि नै च्यालेञ्ज गरेको अवस्था हेर्दा भन्न सकिन्न काङ्ग्रेस रहन्छ कि रहँदैन भन्ने अवस्था छ । समय परिस्थिति र काङ्ग्रेसको गतिविधि पनि त्यस्तै छ । पार्टीप्रतिको कर्तव्य, दायित्व, इमान्दारिता हराइसकेको छ । गुटगत विभाजनले कहाँ पुर्याउने हो भन्न सकिन्न ।

साथीहरू, तपाईंहरू नै सजिसजावट द्वार हुनुहुन्छ । यो गोलाद्र्धमा हाम्रो हिस्सामा सक्षमता धेरैजसो नेताको प्राथमिकताको विकल्प होइन र पनि यसै द्वार (ढोका) बाट धेरै काङ्ग्रेसी भित्रिने गरेका छन् । कुराको चुरो चाहिँ काङ्ग्रेसमा भित्रिएर केही हुनेवाला छैन, नेपाली काङ्ग्रेसमा भिœयाउनुहोस् । के काङ्ग्रेस र नेपाली काङ्ग्रेस एउटै हो ? जय नेपालको सम्बोधनले नै एउटै हो भन्न सकिन्न । त्यसैले यो मौनता भङ्ग होस् । आफ्ना धारणाहरू यसबेला राखिदिनुहोस् । हामी जस्ताका लागि मार्गनिर्देशन हुनेछ भन्ने मेरो धारणा छ । लाग्ने हतियारको धार मार्न मख्खन काट्नुपर्छ भन्ने भनाइलाई यतिखेर ख्याल गर्नुहोस् ।

लाखौं साथीहरू जस्तै म पनि आफैभित्र एउटा बन्दी हुँ । के गर्ने, कहाँ जाने, जीवनलाई कसरी सार्थक बनाउने बेलाबखत यस्तै सोच्दछु ।

लाखौं साथीहरू जस्तै म पनि आफैभित्र एउटा बन्दी छु । के गर्ने, कहाँ जाने, जीवनलाई कसरी सार्थक बनाउने बेलाबखत यस्तै सोच्दछु । म जस्तै अरू युवाहरू पनि यस्तै सोच्दा हुन् । जसको इच्छा, खुशी, सपना र मृत्युसमेत राजनीति गर्नेहरूको हत्केलामा बन्धक छन् । बन्धक बनाइएका छन् ।

चलायमान नेताहरूको पार्टी प्रवेशले बृहत् देखिने भनेको सुन्निएर मोटाए जस्तो मात्र हो भन्ने कुरा काङ्ग्रेसी नेताहरूले नबुझेको छनक मिल्छ । सँघारमा आएको चौधौं महाधिवेशनले अमुक नेतालाई तिनको सहयोग मिल्न सक्छ, तर काङ्ग्रेसको सङ्गठनात्मक सुदृढीकरणमा तात्विक असर पर्ने कुनै लक्षण देखिँदैन । मनैदेखिको काङ्ग्रेसले ३६४ दिन गाली गरे पनि चुनावमा काङ्ग्रेसलाई नै भोट हाल्छ । अर्को पक्ष ३६४ दिन प्रशंसा गरे पनि चुनावमा अर्को दल खोज्दछ भन्ने हेक्का काङ्ग्रेसका नेतृत्वलाई जानकारी हुनु नै पर्ने हो ।

भाडामा बसेका डेरावालाले बसेको घर चर्कियो भने त्यो घर पर्खेर बस्दैन, अर्को सबल घर तुरुन्तै खोज्दछ । काङ्ग्रेसलाई काङ्ग्रेसले नै जोगाउँछ । कुनै पद नपाए पनि काङ्ग्रेसमा नै रहेको र काङ्ग्रेस हुनुमा नै गर्व गर्ने थुप्रै छन् । तिनले नै काङ्ग्रेस जोगाउने हो । इमान्दारी पुस्तौंदेखि काङ्ग्रेसमा नै क्रियाशील रहेका वंशहरूले नै काङ्ग्रेसलाई सुदृढ बनाउनेछन् । जर्ज वर्नाडसाले भनेका छन्, ‘गलत व्यक्तिबाट सधैँ होसियार रहनु, यो निरक्षरताभन्दा पनि खतरनाक हो ।’ काँक्रा चोरेर आफू खाने बियाँ चाहिँ अर्काको टाउकोमा टाँस्ने ? यही चरित्र देखिन्छ ।

केही धूर्तहरू आफ्नो हैसियतसमेत थाहा नभएकाले साथीहरूको टाउकोमा टेक्न प्रयासरत छन् । होसियार हुनुहोस् । किनभने यो अधिवेशन पार्टीको जीवनमरणको अवस्था हो । अबको राजनीतिक मञ्चमा रानीति गर्नेहरूले शक्ति र ताकतको निर्धारण केवल इतिहासले मात्र गर्न सक्छ भन्ने सोच नराखे हुन्छ ।

मुलुक कहाँ उभिएको छ, पार्टीमाथि आइपरेका ऐतिहासिक जिम्मेवारी के हो ? राजतन्त्रको अवसानपछि कुन पार्टी र विचारसँग हाम्रो प्रतिस्पर्धा छ, जनतासँगको सम्बन्ध कति गाढा र सुमधुर छ, नयाँ पुस्ताको विश्वास पार्टीप्रति छ कि छैन, छ भने कति छ आदि कुराहरूको निक्र्यौल आउँदो महाधिवेशनले गर्नुपर्छ । गर्छ–गर्दैन हेरौं ।

माओवादी र एमाले एक्लै भएको अवस्थामा नेपाली काङ्ग्रेस सानो र कमजोर होइन । अहिले पनि हामी मूल्याङ्कन गर्न सक्छौं । जनताको मतबाट प्रष्ट हुन्छ । उक्त दुवै पार्टी एउटै भयो, राम्रो कुरा हो । यता काङ्ग्रेसको उर्वर भुमि मधेस नै हो, जन्मथलो पनि हो । जसलाई वास्ता गरिएन । समेट्न नसक्नु नै हारको कारण बन्यो ।

हाम्रोमा जेठा पाकाको भनाइ मान्ने चलन तथा संस्कार छ । नेतृत्व पनि दिने चलन छ । हामीले दिनु पर्दैन, आफै पाउँछ । यो संस्कार कतिसम्म ठीक र राम्रो हो । सोच्ने बेला भयो । किनकी व्यक्तिले गरेको नेतृत्व तानाशाही हुनसक्छ । संस्थाले गरेको नेतृत्व लोकतान्त्रिक हुन्छ, भन्ने मान्यता मेरो हो । व्यक्ति सुध्रिएर केही हुनेवाला छैन । पार्टी नै सुध्रिनु पर्छ । रामचन्द्र, शेर बहादुर व्यक्ति केही होइन पार्टी नै मुख्य हो । यिनै सुधारका लागि यो अधिवेशन सार्थक बनोस्, सफलताको शुभकामना ।

म संस्थाको केही होइन तर, संस्था मेरो लागि केही हो भन्ने संस्कारको विकास होस् भन्ने चाहना राख्दछु । कालिदाश प्रवृत्तिको म विरोधी हुँ । मतलव आफू बसेको रुखको हाँगा नै काट्ने । पछि त्यही कालिदाश राष्ट्रको महान् विभूति हुनपुग्यो । त्यो निश्चय नै संस्थागत नेतृत्वको उपज हो । विवेकलाई बन्धक राखेर प्राप्त हुने सफलताको कुनै अर्थ रहँदैन । विचारको स्वतन्त्रता काङ्ग्रेसको पहिलो सिद्धान्त हो । नेपाली काङ्ग्रेसका नेताहरूले बीपीको राष्ट्रवाद बारेको चिन्तन गम्भीरतापूर्वक नलिएको यस्तै छलछाम, जालझेल अर्थात् सत्तालिप्सामा केन्द्रित भएको कुरा जनतासम्म पुगिसकेको छ । यस कुरालाई जनताले गम्भीरतापूर्वक लिएमा पार्टी भित्तामा नै पुग्नेछ । भित्तामा पुगेपछि फर्कन सक्दैन । ‘राजनीति त्यो जीवन हो, जसले ईश्वरलाई समेत धोका दिन्छ’–शेक्सपियर ।

छाला रहे रौं रहन्छ, छालामा नै एसिड छरेपछि के हुन्छ भन्ने कुरा पनि बिर्सिरहेका छन् । काङ्ग्रेसी राजनीतिका लागि यो ठूलो खतरा हो । भन्न मन नभए पनि भन्नु परेको छ, त्याग र समर्पणको मूल्यमा आएको विचलन र निष्ठा स्खलनको योभन्दा ठूलो दृष्टान्त के हुनसक्छ ।

माओवादीले छ्याप्छाप्ती टाउको काट्दा पनि गाउँमा काङ्ग्रेस नै भएर बसे तिनले नै आगामी दिनमा काङ्ग्रेसको प्राण भर्नेछ । नेतृत्वले भरोसा गुमाउँदै जाँदा पनि दोस्रो ठूलो दलभन्दा तल झर्न नदिने तिनै हुन् भनेर चिन्न सक्नु पर्ने तर, सकेका छैनन् । डेरा सर्दैै हिँड्नेको विश्वास गर्नु खतरा देखिन्छ । बच्चादेखिको काङ्ग्रेसको रगतमा काङ्ग्रेस नै हुन्छ । उसको कुराले काङ्ग्रेसलाई सरापे पनि मनले शुभकामना दिइरहेको हुन्छ । चौधौं महाधिवेशनको बेला आफ्नोलाई जिताउन जस्तालाई पनि स्वीकार्दछ ।

गुटगत लडाइँमा कसले के गर्छ भन्ने आधारमा क्रियाशील बनाउने गरिएको पाइएका छन् । वैचारिक नेतृत्वको खोजी गरी पुराना एवम् इमान्दार कार्यकर्ताको मूल्याङ्कनसहितको समावेशी पार्टी बनाउनेतर्फ लाग्ने हो भने काङ्ग्रेसको सुदिन फर्कन कुनै आइतबार नै कुर्नु पर्दैन । त्यसैले साथीहरू, ‘मान्छे अदालतमा चलिरहेको मुद्दा हो, जसको फैसला धारमा पुगेपछि हुन्छ ।’ अस्तु ।