श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ३१ गते मङ्गलबार, १६ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको दशमी तिथि ०२ः४३ बजेसम्म, तिथि एकादशी, नक्षत्र आद्र्रा १०ः३० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि  मिथुन, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापारबाट मनग्य धनलाभ हुनेछ। बेलैमा योजना बनाएर काम प्रारम्भ गरे दिगो फाइदा हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बुद्धिको उपयोगले धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।   

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनसक्छ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।नयाँ कामको प्रस्ताव आउनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अरूको करकापमा काम गर्नुपर्ने हुनसक्छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार तथा दान–दातव्यमा खर्च बढ्नेछ। खर्चले मन आत्तिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।