श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज १ गते बुधबार, १७ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको एकादशी तिथि ०१ः२० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु ०९ः३५ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः५० बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित काम बने पनि केही सहयोगीले काममा धोका दिन सक्छन्। काम दोहो¥याउनु पर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले आम्दानी बढाउनेछ।सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।