श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज २ गते बिहीबार, १८ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको द्वादशी तिथि २४ः२१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र तिष्य ०९ः०२ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः५१ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। आयस्रोत कमजोर रहने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटेका काममा बाधा पुग्न सक्छ।दिन रमाइलो रहनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सच्याएर सुधार ल्याउन सकिनेछ।