धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ पटनालीका ८२ वर्षीय पूर्णशङ्कर राईको रुखबाट लडेर मृत्यु भएको छ ।

सोमबार बिहान सवा ९ बजे बेलपानी जङ्गलमा घाँस काट्ने क्रममा करमको रुखबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट इन्स्पेक्टर कोमल ठाकुर नेतृत्वको टोली र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट असइ हर्कबहादुर विश्वकर्माको नेतृत्वमा पुगेको संयुक्त टोलीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।