ब्लाष्टखबर । धरान ५ ठिङ्गाबारीका कृषकहरूमा तिहार लागी सक्दापनि अन्नबाली धान भित्र्याउने चटाराे छ । अघिल्लाे बर्ष धानमा राेग तथा किरा लागेका कारण अपेक्षा गरेकाे भन्दा आधा मात्र धान उत्पादन भएपनि यस बर्ष भने पर्याप्त पानी र राेग तथा किरान नलाग्नाले साेचे अनुरूप धान उत्पादन  भएकाे कृषक गाेविन्द महत बताउछन् । 

4

उनले भने  '  पाेहाेर किरा र राेगले पराल मै आगाे लगाउने अवस्था आएकाे थियाे,  यसपाली भने साेचे अनुसार उत्पादन भएकाे छ । '

एक दुई कठ्ठा देखी बिघा जग्गा भएका सबै कृषकहरूले धानखेती गर्ने गरेकाे भएपनि न्यन मात्रमा धान बिक्रि गर्ने गरेकाे महत बताउछन् । मुख्य बाली धान भएपनि तरकारी खेतीमा अत्मनिर्भर बनेकाे ठिङ्गाबारीका कृषकहरूकाे आयकाे मुख्य स्राेत तरकारी खेती नै हाे ।  

3

नगदे बालीमा त्यहाँका कृषककाे पहिलाे राेजाई टमाटर खेती बनेकाे छ । थाेरै जग्गामा धेरै आयका लागि पनि यहाँका  कृषकहरू टमाटर लगायतका अन्य तरकारी जन्य खेती गर्ने गर्दछन् । 

6

महतका अनुसार यसपटक पनि  प्रत्येक किसनले सरदर डेढ कठ्ठा जमिनमा टमाटर खेती गरेका छन् । बर्खे सिजनमा तरईमा टमाटर उत्पादन नहुने भएकाले पहाडबाट उत्पादन भएर आउने टमाटरकाे भाउँ उच्च रहेने गर्दछ ।

2 1

पहाडे टमाटरकाे पछुवा भाउलाई पाउनकालागी कृषकहरूले पहिलाे लटकाे टमाटर राप्नका लागी धान नराेपी जग्गा छाेड्ने गर्दछन् । यतिबेलाे ठिङ्गाबारीमा पहिलाे लटकाे टमाटर फल्न सुरू गरेकाे छ । 

15

महतलेपनि धान नराेपी २ कठ्ठामा अगुवा टमाटर लगाएका छन् । उनका अनुसार अबकाे एक हप्ता देखी बिक्री गर्न याेग्य हुने छ । '१२० सम्म पुगेकाे टमाटरकाे भाउँ ६०/६५ मा झरिसक्याे पहाडे टमाटरकाे पछुवा भाउँ पछ्याउन धान नराेपी अगुवा टमाटर लगाएकाे बेच्ने बेलेलामा अरू घट्ला जस्ताे छ । ' महतले भने ।

11

अघिल्लाे वर्ष  टमाटर बेचेर लगभग ६० हजार कमाई भएकाे बताउने महतलाई यसपट काेराेना महामारीकाे बढ्दाे जाेखीमका कारण धरान बाहिरका  व्यापारी नआए राम्राे भाउँमा बिक्री नहुने चिन्ता लागेकाे छ । 

7

करिब ७ कठ्ठा जमिनमा कृषि पेशा अंगाल्दै आएका महतकाे ब्राेईलर कुखुरा फार्म पनि रहेकाे छ ।

1 5

धान उठाईसकेपछि दाेस्राे लटकाे टमाटर राप्ने गरेका छन् । तर पछिल्लाे समय दाेस्राे लटकाे टमाटरमा भने राेग लाग्ने गरेकाेले उत्पादनमा कमि आउने र त्यहि समय तराई र भारतबाट पनि टमाटर आउनाले मुल्यमा गिरावट आउने भउकाले दाेधारमा रहेका छन् । 

9

टमाटरका अलाभा बाेडि, सिमी, रायाेकाे साग, धनिया, मेथि चैसुरू, आलु, प्याज, लसुन, खाेर्सानी तथा गहु लगाउने गर्दछन् । धरान ५ ठिङ्गाबारी, साउने, खैरेनीले  उपमहानगर भित्र सबै भन्दा धेरै तरकारी जन्य उत्पादन गर्ने भएपनि उत्पादित बस्तुले आफ्नाे ठाउँकाे परिचय नपाएकाे त्यहाँका कृषकहरूकाे गुनासाे छ । 

10