धनकुटा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वय ईकाई सिधुवा धनकुटाले जोनमा आवद्ध ५६ वटा कृषक समुहका ७ सय ७२ जना किसानहरुको लागी ९ लाख, ८० हजार रुपयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान सोमबार वितरण गरेको छ ।
जोन कार्यान्वयन ईकाई सिधुवा धनकुटाले महालक्ष्मी नगरपालिका वडा नं.८ र ९ नम्वर वडामा रहेका विभिन्न समुहमा आवद्ध २ सय ६२ जना किसानलाई ३ लाख, १० हजार, २ सय, ७५ रुपयाँ हस्तान्तरण गरिएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.६ का १ सय ४७ जना किसानलाई १ लाख, ९४ हजार, ६ सय रुपयाँ वितरण गरेको छ ।
त्यसैगरी, वडा नं.५ मा रहेका १ सय ६० जना किसानका लागी २ लाख, १७ हजार र वडा नं.२ को २ सय २ किसानका लागी २ लाख, ५६ हजार, ७ सय २५ रुपयाँ अनुदान रकम वितरण गरिएको छ । त्यसैगरी वडा नं.३ का १ घरलाई ४ १ हजार, ४ सय रुपयाँ अनुदान रकम गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले प्रदान गरेका हुन् ।
कृषक समुहमा आबद्ध किसानहरुलाई केराउ बालीमा प्रात्साहित हुने गरी प्रति रोपनी ३ सय ५० रुपयाँको दरले कुल आफ्नो उत्पादनमा १०.५ प्रतिसत उत्पादन बृद्धि गर्ने कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिएको जोन कार्यालयका प्रमुख देवेन्द्र साहूले बताए ।
उनले नेपाल सरकारले बनाएको कार्यविधि ०७३ अनुसार यो वर्ष केराउ जातको बालीको उत्पादकत्वको प्रति हेक्टर १७.८९ मेट्रिक्टन मुल्याङ्गकनको आधारमा ५६ वटा लाभाम्वीत कृषक समुहका ७ सय ७२ जना किसानलाई प्रोत्साहन अनुदान वितरण गरिएको स्पष्ट पारे । प्रोत्साहन अनुदानको लागी परियोजना मार्फत १४ लाख रुपयाँ आए पनि कुल रकमको ३० प्रतिसत ४ लाख, २० हजार रकम जोन संचालक समितिको खातामा जम्मा गरेर बाँकी रहेको ७० प्रतिसतले हुन आउने ९ लाख, ८० हजार रकम वितरण गरिएको बताइएको छ ।
प्रोत्साहन अनुदान २ हजार, ८ सय रोपनी क्षेत्रफल जग्गामा लगाईएको केराउ बालीको उत्पादकत्वलाई हेरेर वितरण गरिएको जनाइएको छ ।
प्रोत्साहन अनुदान वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष लिम्बुले लकडाउनको कारण घाटा खाएका किसानहरुको लागी प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गर्ने प्रयत्न गरेको बताए ।
राज्यको आन्तरिक आय अहिले कोरोनाको कारण अत्यान्तै कमजोर भैरहेको भए पनि धेर थोर किसानलाई सहयोग गर्ने बचन दिए । उनले सिधुवामा तरकारी उत्पानद हुन्छ तर बजारिकरण गर्न नसक्दा दुःख लागेको बताए । त्यसका लागी राज्यको पोलिसी र संयन्त्र नै कम्जोर भएको दावी गरे ।
तरकारी अर्काको देशबाट ल्याउने नभै आफ्नो देशबाट अर्काको देश पठाउन सक्ने गरी जोन पकेट क्षेत्रका किसानहरुलाई व्यावसायी बनाएर आत्मनिर्भर बनाउनु पर्नेमा लिम्वुले जोड दिए ।
साना साना व्लक र पकेट क्षेत्रको काम गाउँ/नगरले गर्ने बताउँदै ठूलो कृषिका आयोजनाहरु भने जोन कार्यान्वयन इकाईले संचालन गर्नु पर्नेमा अध्यक्ष लिम्वुले जोड दिए ।
जोन संलाक समितिका अध्यक्ष मेखaहादुर खड्काको अध्यक्षतमा सम्पन्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरिएको थियो । सो अवसरमा वडा नं.६ का वडाध्यक्ष दिलबहादुर थापा, अगुवा कृषक एवं व्यावसायी मेघेन्द्र गुरुङ्ग लगायतले कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागी जोड दिएका थिए ।