देउराली/ विश्वमै महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सामना गर्न नेपाल सरकारले देशभरि गरेको बन्दाबन्दी (लकडाउन) ले देशको हरेक क्षेत्रमा प्रभाव पारेको छ । यसबाट कृषि क्षेत्रमा पनि मिश्रित प्रभाव परेको छ ।

धरान उपमहानगरपालिकाका ४, ५, ६, १७ र २० नम्बर वडालाई उपमहानगरले कृषि क्षेत्रका रूपमा पहिचान गरेको छ । यी पाँचवटा वडाको सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रमध्ये लगभग ६० प्रतिशतमा तरकारी, अन्नलगायत अन्य नगदेबालीको खेती हुने गरेको छ । त्यस क्षेत्रका कृषकहरू बन्दाबन्दीले नोक्सानी व्यहोर्नुपरेको बताउँछन् । बन्दाबन्दीले अन्यत्र जान नपाएपछि खेतबारीमा काम गर्ने प्रशस्त समय भए पनि कृषि उत्पादनको बजारीकरणमा भएको समस्या तथा औषधि, मल, पशु आहार र कीटनाशकको मूल्यवृद्धिका कारण नोक्सानी व्यहोर्नुपरेको कृषकहरूको भनाइ छ ।

धरान–५ ठिङ्गाबारीका कृषक राजन अधिकारी भन्छन्, ‘लकडाउनले हाम्रो काम त रोकिएन तर उत्पादन भएको सागपातले भने बजार पाएन ।’ अढाई कठ्ठा जग्गामा तरकारी खेती रतीनसयभन्दा बढी ब्रोइलर कुखुराको फार्म सञ्चालन गरेका अधिकारीले पछुवा गोलभेंडा र सागको सिजनमा साग खाँदा कोरोना सर्ने हल्ला चलेपछि कृषकले साग नलगाएको बताए । लगाएकाहरूले पनि आधा दाममा बेच्नुपरेको र पछुवा गोलभेंडा बारीमै कुहिएको उनले जनाए ।

बजार बन्द हुँदा मौसमी तरकारीको मूल्यमा आधा गिरावट आए पनि कृषकका बारीमा थोरैमात्र उत्पादन रहेकाले त्यति धेरै नोक्सानी नभएको उनीहरू नै बताउँछन् । मकैलगायतका बालीमा फौजी किरा लाग्नु तथा बजारमा विषादी र मल नपाउनुले नोक्सानी बढाएको कृषकहरूको भनाइ छ । कृषक अधिकारीका अनुसार कृषकहरूले २० रुपैयाँ प्रतिकिलो पर्ने युरिया मललाई ४० र ४० रुपैयाँ प्रतिकिलोको दाना मललाई ६० रुपैयाँसम्म तिर्नुपरेको थियो ।

धरान नगरक्षेत्रमा तरकारीको सहज व्यवस्थापनका लागि बन्दाबन्दी शुरु हुनेबित्तिकै उपमहानगर र धरान–१३ को कृषिउपज बजारको समन्वयमा २५ वटा सवारी साधनलाई पास उपलब्ध गराइएको थियो । कृषिउपज बजारले तोकेको दर टाँसी वडाको समन्वयमा स्थानीय व्यापारीहरूले तरकारीजन्य वस्तुको सहज व्यापार गर्ने गरी व्यवस्था मिलाइएको थियो । मासु तथा अण्डाका लागि यस्तो व्यवस्था नहुँदा मासुजन्य कुखुरा र बङ्गुर समयमै बिक्री गर्न नपाउँदा खर्च बढेको पशुपालक कृषकहरू बताउँछन् । बजारमा दाना पाउन थाले पनि कम गुणस्तरको र महँगो हुनाले पशुको वृद्धि राम्रो नभएको ब्रोइलर कुखुराका फार्म सञ्चालकहरूको भनाइ छ ।

अधिकारीले शुरुमा त कुखुराको चारो पाउन पनि समस्या भएको जनाए । ‘बिक्रीका लागि तयार रहेका कुखुराहरू समयमै बेच्न पाइनँ’ उनले भने, ‘त्यो अवधिमा केही मरेर र चारो खर्च बढेर पनि नोक्सानी भयो ।’ पछि चारो सहज रूपमा पाइए पनि दाम बढेको उनले जनाए ।

मातृभूमि एग्रिकल्चर एण्ड फार्मका सञ्चालक कृष्ण सुनुवारका २० माउ गाई छन् । मासिक ३५ बोरा चोकर र २० बोरा दाना आवश्यक पर्छ । उनले दैनिक ५० लिटरको हाराहारीमा दूध बेच्ने गर्छन् । बन्दाबन्दीमा ५० किलोको प्रतिबोरा चोकरको मूल्य १८ सयबाट बढेर २५ सय रुपैयाँसम्म पुगेको उनले बताए । नेपाली दाना नपाएर भारतीय दाना खरिद गर्नुपरेको सुनुवार बताउँछन् । उनका अनुसार हजार लेयर्स कुखुरा रहेको उनको फार्ममा समयमा दाना तथा औषधिहरू नपाएर करिब आधा कुखुरा मरे । बाँकी कुखुरामध्ये आधाले मात्र अण्डा पार्दा दैनिक ५ सय रुपैयाँको हाराहारीमा नोक्सानी भोग्नुपरेकाले अहिले लेयर्स हटाएर ब्रोइलर हाल्ने सोचमा रहेको सुनुवारले सुनाए ।

आफ्नो र गाउँका अन्य कृषकहरूबाट दूध सङ्कलन गरेर बेच्ने गरेका डिल्लीबहादुर न्यौपानेको पनि आप्mनै कथा छ । शुरुमा प्रहरीले सेउती खोलाबाटै फर्काइदियो । उनले एक हप्ताजति धरान बजारमा दूध पु¥याउन पाएनन् । पछि बिहान ४ बजे नै पु¥याएर फर्केने गरी दूध लगे । दैनिक २–३ क्रेट अण्डा उत्पादन गर्ने गोविन्द महतले बाहिरबाट अण्डा नआउनाले साना कृषकले भाउ घटाएर बेच्नु नपरेको बताए । शुरुमा दाना आयात गर्न भने समस्या नै थियो । औषधि र दानाको असहज आपूर्ति तथा मूल्यवृद्धिको मार बन्दाबन्दीमा अलि बढी भएजस्तो देखिए पनि यो समस्या निरन्तर रहेको महत बताउँछन् ।

अधिकांशले निर्वाहमुखी पारिवारिक खेती गर्ने धरान–५ मा दर्ता भएर सञ्चालित ११ वटा कृषि फार्म रहेको वडासचिव राम पौडेलले जनाए । बन्दाबन्दीमा कम दाममा उत्पादन बेच्नुपर्ने बाध्यता तथा मल, बिउ, पशु आहार, औषधि र विषादीमा भएको मूल्यवृद्धिले नोक्सानी भएर आर्थिक सङ्कट आउन थालेसँगै फार्म सञ्चालकहरू बैङ्कको ब्याज मिनाहा गराउन सिफारिसका लागि आउन थालेको सचिव पौडेलले बताए ।

धरान–४ को सोताङ अग्र्यानिक फमर्मका सञ्चालक कृष्ण राईले बन्दाबन्दीअघि उपभोक्ता आपैm आएर दैनिक २५ हजार रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेकामा बन्दाबन्दीमा ठप्पजस्तै भएको बताए । भारतमा कोरोना सङ्क्रमण देखिएपछि भारतीय तरकारीजन्य वस्तुको आयात घट्नु र नेपालका पनि धेरै स्थानबाट सहज आयात नहुनाले स्थानीय उत्पादनले महŒव पाएको उनको बुुझाइ छ । आप्mनो फार्मबाट दैनिक ३ सय लिटर दूध र ३ सय केजी तरकारी उत्पादन हुने राईले जानकारी दिए । राई भन्छन्, ‘लकडाउनले कृषि उत्पादनमा वृद्धि गर्ने अवसर दिएजसरी नै कृषिउपज तथा पशुका लागि आवश्यक वस्तुको सहज आपूर्ति र मूल्यमा एकरूपताका साथै बजार राम्रो भएको भए धेरै राम्रो हुन्थ्यो ।’

उत्पादक कम्पनीले निर्धारण गरेको मूल्यमा मल, बिउ तथा दाना खरिद गरी कृषकद्वारा उत्पादित कृषिजन्य वस्तु व्यापारीले तोकेको मूल्यमा बेच्नु पर्दा जहिल्यै नोक्सानी व्यहोर्नुपर्ने भएकाले पनि कोरोनाको नोक्सानी नगण्य भएको राई बताउँछन् । लागतका आधारमा उत्पादनको भाउ तेकिए जस्तोसुकै सङ्कटमा पनि कृषकहरू मारमा नपर्ने उनको अनुभव छ । लागतका आधारमा भाउ तेकिनुपर्छ भनेर आपूmले कृषिउपज बजार र स्थानीय सरकारसमक्ष प्रस्ताव पनि राखेको उनले जनाए । उनी भन्छन्, ‘धरान तरकारी, मासु, दूध र अण्डामा अत्मनिर्भर हुन सक्छ ।’

धरान–४ मा दर्ता भएका कृषि फर्म ११, कृषि समूह दुई र एक सहकारी रहेको वडासचिव ईश्वर लामिछानेले बताए । करिब नौ सय घरधुरी रहेको वडामा झण्डै ९० प्रतिशत मानिस निर्वाहमुखी कृषि पेशामा आबद्ध रहेको लामिछाने बताउँछन् । दानाबारी, तेलनपुर, हर्दिया, मनुवाटार डाँडाखेतमा बन्दाबन्दीको आरम्भमा करिब एक महिना ढुवानीको समस्याका कारण कृषकहरूद्वारा उत्पादित बाली वस्तुभाउलाई खुवाउनु परे पनि पछि भने वडा कार्यालयको समन्वयमा ढुवानी व्यवस्था मिलाइएको सचिव लामिछानेले बताए । ‘कुखुरापालक कृषकहरूले कुखुराहरू समयमै बिक्री गर्न पाएनन्’ उनी भन्छन्, ‘बङ्गुरपालक कृषकहरूले दानाको अभाव र बजारमा बिक्री गर्न नपाएर गाउँघरमै काटेर खाए ।’

लोकल कुखुरा, माछा तथा च्याउ खेती गर्ने आत्मनिर्भर कृषि समूह बन्दाबन्दीकै कारण बन्द छ । एक वर्षअघि शुरु भएको यो फार्म पहिलो खेपको उत्पादनपछि दोस्रो खेप उत्पादन गर्ने बेलामा माछाका भुरा, दानाका र च्याउको बिउ पनि नपाउनाले बन्द भएको चार सञ्चालकमध्ये एक चन्द्र श्रेष्ठले बताए । वसन्तटार नजिकै खेती गरिरहेका चन्द्र मगर पोहोर साग र धनिया बेचेर ७०–८० हजार रुपैयाँ कमाइ भएको सुनाउँछन् । ‘यो साल ४–५ हजारमै चित्त बुझाउनु प¥यो’ –उनले थपे । असार लागेसँगै काँक्रा बेच्न शुरु गरेका उनले काँक्राको मूल्य घटेर १०–१५ रुपैयाँ प्रतिकिलो भएको बताउँदै गुनासो गरे ।

विशेषगरी अदुवा, बेसार र अम्लिसोको खेती हुने धरान–२० ठूलोखैरेका यी उत्पादन पनि समयमा बिक्री हुन नपाउँदा केही कुहिएको र केही कृषकहरूले उसिनेर सुकुटी बनाई बेचेको नगरसभा सदस्य महासेर राईले सुनाए । गाउँका प्रत्येक किसानले डेढ–दुई क्विण्टल अदुवा र करिब एक क्विण्टल अम्लिसो उत्पादन गर्ने गरेकामा लामो बन्दाबन्दीको मध्यतिर अदुवा कुहिन थालेपछि वडाको समन्वयमा व्यापारीहरूलाई घर–घरमै ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइएको उनले जनाए ।

धरान–२० मा रहेका २० वटा कृषि फार्ममध्ये अधिकांशले पशुपालन गर्ने गरेको वडासचिव नवीन भट्टराईले बताए । गुणस्तरीय दाना अभावका कारण उचित वृद्धि विकास हुन नसक्दा कम दाममा बेच्नु परेको गुनासो बङ्गुरपालक कृषकहरूबाट आउने गरेको भट्टराईले जनाए ।

सात सय बिघाभन्दा बढी जमिन रहेको धरान–६ मा पाँच सय बिघा कृषियोग्य जमिन रहेको वडाध्यक्ष भूवनसिंह बस्नेत बताउँछन् । वैदेशिक रोजगारका कारण तीन वर्षयता कृषकको सङ्ख्या करिब ५० प्रतिशत घटेको उनले बताए । उनले पानबारीमा गाविस हुँदाजस्तो तरकारी खेती नभएर बढीजसो अन्नबाली हुने गरेको जनाए । ‘थोरैले थोरै मात्रामा तरकारी खेती गर्नुभएको छ’ बस्नेतले थपे, ‘त्यसकारण कृषि बालीमा त्यति क्षति भएको देखिँदैन ।’ तर उत्पादित तरकारी बजारमा लैजान समस्या हुने र घरमा आएका व्यापारीलाई सस्तोमा बेच्नुपर्ने भएकाले नोक्सान अवश्य हुने उनको भनाइ छ ।

धरान–६ बाट दुई दर्जन दूध व्यवसायी तथा कृषकहरूले दैनिक १५ सयदेखि २ हजार लिटरसम्म दूध धरानको बजार क्षेत्रमा लैजाने गरेकामा करिब एक महिना दूध लैजान बन्द हुँदा बढी नोक्सानी भएको बस्नेत बताउँछन् । पछिल्लो समय पानबारीका कृषकले धान, मकै, गहुँजस्ता अन्नबाली लगाउने गरेका छन् । बन्दाबन्दीको समयमा मकैमा फौजी किराको आक्रमण हुनु तथा मल, बिउ र विषादीको अभावले मकैको उत्पादनमा करिब २५ प्रतिशत गिरावट आउने बस्नेतको अनुमान छ । पानबारीमा करिब आठवटा दर्ता भएका फार्महरू छन् । यीमध्ये तीन–चारवटा मात्रै सक्रिय रहेको उनको भनाइ छ ।

धरान उपमहानगरले कृषिक्षेत्रको रूपमा लिएको भए पनि १७ नम्बर वडामा त्यसरूपमा खेती नहुने वडाध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराई बताउँछन् । वडामा आकाशेपानीको भरमा धान र मकै खेती हुने गरे पनि तरकारी खेती प्रायः शून्य रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘त्यसकारण पनि लकडाउनले हाम्रोमा खासै प्रभाव पारेको छैन ।’

कृषि उत्पादन बजारसम्म लैजान वडानम्बर ६ का लागि स्थानीय व्यापारी र कृषककै सवारी साधनले अनुमति पाएको कृषिउपज बजारका अध्यक्ष परशुराम कटुवाल बताउँछन् । स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्ने गरी आपूmहरूले बजारीकरण गरेकोउनको भनाइ छ । ‘अरू बेलाको जस्तो बिचौलिया नपसून् भनेर दर पनि तोकेका थियौँ’–उनले थपे । अनुमति नपाएका टेम्पोहरूले पनि तरकारी बिक्री गरेकोउनले बताए । उपमहानगरको कृषि महाशाखा अधिकृत नगेन्द्र तामाङ पनि तुलनात्मकरूपमा यसबेला कृषकहरू बढी मारमा परेकोमा सहमत छन् । ‘तरकारी कृषक त्यति धेरै मारमा परेको नदेखिए पनि च्याउ, माछापालक कृषकहरू भने प्रत्यक्ष मारमा परेको भेटियो’ –उनले थपे ।

मल, बिउ, विषादीको मूल्य उत्पादक कम्पनीले तोक्ने तर कृषि उपजको मूल्य व्यापारीले तोक्ने व्यवस्थाका कारण नोक्सानी व्यहोरिरहेका कृषकहरू बन्दाबन्दीबाट भएको क्षतिको पूर्ति कसरी गर्ने भन्नेमा अन्योलमै छन् । स्थानीय सरकारले स्थानीय उत्पादनको थोक तथा खुद्रा मूल्य निर्धारण गरी छुट्टै बजारको व्यवस्था गरेर आपैm सङ्कलन गरी अन्य स्थानीय तहका बजारसम्म पु¥याउने व्यवस्था मिलाए राहत हुनसक्ने कृषकहरू बताउँछन् । कृषकको रुचि र बजारको मागअनुसारका उपजहरूको पहिचान गरी बजारीकरण र प्राविधिक सहयोगसहित आवश्यक उपकरण अनुदान दिने गरी कृषियोजना भए उत्पादनमा सहज हुने कृषकहरूको भनाइ छ ।

लकडाउनको समयमा उपमहानगरको समन्वयमा कृषिजन्य उत्पादनको सहज बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको भए पनि सम्पूर्ण बजार नखुल्दा कृषकहरूमा भएको नोक्सानीको आगामी दिनमा कृषिमा विशेष योजना ल्याई राहत प्रदान गर्न सकिने उपमहानगरका नगरप्रमुख तिलक राई बताउँछन् ।

kkukhura