• मदनबाबु प्रसाई

उर्लाबारी / विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वको अर्थतन्त्रसँगै उर्लाबारी नगर क्षेत्रका व्यवसायीहरुको पनि अर्थतन्त्र नराम्री प्रभावित बनेको छ । यो भाईरसको रोकथाम, उपचार, नियन्त्रण र नागरिकलाई बचाउन नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन शुरु गरी यसलाई पटक पटक थप गर्दै निरन्तरता दिदै आएको छ ।

यसरी समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको निर्णय अत्यन्तै सही भए पनि कती अवधी सम्ममा संक्रमण नियन्त्रण गर्न सकिन्छ र नियन्त्रणका आवश्यक विधी प्रभावकारी किसिमबाट संचालन नहुँदा एवं उद्योग तथा व्यवसायलाई कसरी व्यवस्थित पार्न सकिन्छ भनेर स्पष्ट कार्यदिशा नआउदा उद्योग तथा व्यावसाय नराम्ररी प्रभावित बनेका छन र अझै कहिलेसम्म प्रभावित हुनु पर्ने हो यस बिषयले उद्योगी व्यवसायीहरु मानसिक पीडामा छट्पटाइरहेका अवस्था रहेको छ ।

सरकारले नेपाल भरी दिने आदेश एउटै हुन्छ तर संविधानले निद्रिष्ट गरेका तीन तहका सरकारहरु संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकार मध्ये लकडाउनको अवधिमा भने व्यवसायीहरुको लागि देशव्यापी रुपमा स्थानिय सरकार जनमुखी बनेर आएको अवस्था रहेको छ । किनकी संघीय सरकारले आवश्यक नियम ऐन, निर्माण गरी संक्रमण नियन्त्रण लिने उदेश्यले कार्य गरेको हुन्छ भने स्थानिय सरकार जो फ्रन्टलाईनमा बसेर संघीय, प्रदेश सरकार, उच्च स्तरिय समिति र केन्द्रिय संकट व्यवस्थापन समितिबाट आएका आदेशलाई पालना गर्न÷गराउन जनसमुदाय तथा व्यावसायीसँग सुमधुर सम्वन्ध कायम गरेर दैनिक कार्य संम्पादन .गर्ने गर्दछ ।

यसरी लकडाउनका कारण उर्लाबारी नगर क्षेत्रको उद्योग व्यवसाय समेत अछुतो रहन सकेको अवस्था छैन । उर्लाबारी नगरपालिकाले अत्यावश्यक सामाग्रीका पसलहरु मात्र खुल्ला गरे पनि नगरबासीहरुको आवश्कता र उर्लाबारी उद्योग बाणिज्य संघको समन्वयमा समय सापेक्ष अन्य पसलहरु आंशिक रुपमा खुल्ला गराउदै सेवाग्राहीलाई सेवा पु¥याउन निर्देशन दिदै आएको अवस्था छ ।

नगर क्षेत्रमा निर्माण सामाग्रीको द्रविलो व्यवसाय संचालन गर्दै आएका संघका बाणिज्य उपाध्यक्ष समेत रहेका शेरबहादुर भण्डारीले लकडाउनले नगरका सवै क्षेत्रका व्यवसायीहरुको अवस्था कमजोर बनेको बताएका छन । उनले संघिय सरकारले लकडाउनको घोषणा गरे पनि कार्यन्वयन स्थानिय सरकारले गरेको बताउदैँ स्थानिय सरकारको प्रभावकारी उपस्थितीका कारण आज सम्म संक्रमण नगरमा देखा नपरेको बताएका छन ।
संक्रमण देखा नपर्नु अत्यन्तै सुखद समाचार भए पनि व्यासायीहरुको समस्या र अवस्था भने दिनानुदिन कमजोर बन्दै गईरहेको बताउदै उपाध्यक्ष भण्डारीले व्यवसायीहरुको आर्थिक अवस्था सुधार गर्ने किसिमका योजना संघको पहलमा आवश्यक पर्ने बताएका छन ।


नगरको उर्लाबारी सहित आईतबारे, स्कूलडाडा, मंगलबारे तथा दुर्गापुरी मुख्य व्यापारिक केन्द्र भएकोले सो क्षेत्रका व्यपारीहरुको लागि ३ महिनाको अवधीमा पसल बन्द भएका व्यावसायीहरुको लगत संकलन गरी घरभाडा मिनाहाको लागि पहल गर्न आवश्यक रहेको बताउदै उपाध्यक्ष भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुसँग व्याज छुट् तथा लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने कार्ययोजना आवश्क रहेको बताएका छन ।

नगरपालिकाकाले लकडाउन शुरु भएको अढाई महिना पछि २०७७ जेष्ठ २५ गते भिड्भाड हुने प्रकृति वाहेकका पसलहरुलाई दैनिक बिहान ६ देखि १२ सम्म खोल्ने वातावरण बनाएपछि आंशिक रुपमा भए पनि व्यवसायीहरुलाई राहत पुगेको भए पनि विगत अढाई महिना देखि परेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन अझै एक बर्षको अवधी लाग्ने अनुमान व्यापारसँग राम्रो सम्वन्ध भएका उर्लाबारीका पुराना व्यावसायी हरिप्रसाद वरालले बताएका छन । उनले व्यापारलाई पुर्ववत अवस्थामा फर्काउन बैकिङ क्षेत्रको सहुलित ऋण सहितका आर्थिक प्याकेजका कार्यक्रम आवश्यक पर्ने बताउदैँ लकडाउन अवधीको निम्नतम व्याजदरमा ऋण लगानी व्यवसायीहरुको लागि आवश्यक पर्ने बताएका छन ।

पछिल्लो समय पर्यटन बर्ष २०२० लाई सफल बनाउन र नगरमा पर्यटक भित्राउने र आर्थिक बिकासलाई दव्रिलो बनाउन बैकिङ लगानीमा खुलेका आधा दर्जन ठुला होटल व्यावयासीहरुको अवस्था अत्यन्तै नाजुक रहेका छन । ति होटल व्यवसायीहरुले गरेको करोडौ लगानी र होटलले सृजना गरेका रोजगारलाई राज्यले संम्मान गर्दै उनीहरुलाई समेत व्यवस्थापन गर्न आवश्यक रहेको होटल व्यवासायीहरुको भनाई रहेको छ ।

तीन बर्ष अघिदेखि उर्लाबारीको मुख्य चौकमा लज सहितको हस्पिटालिटी म्यानेजमेन्टमा संचालन हुदैँ आएको सम्राट किचनले २०७६ साल चैत्र ११ गते नेपाल सरकारले एक साताको लागि लकडाउनको घोषणा गर्दा सोही अनुरुपको सूचना टाँस गरी ग्राहक बर्गलाई सूचित गराएको थियो तर एक साता पछि पनि लकडाउनको अवधी सरकारले थप गर्दै जादाँ होटल प्रशासनले पनि सूचना परिवर्तन गर्दै जादाँ वाक्क भएर लकडाउन खुलेपछि मात्र सेवा दिने आशयको सूचना टाँस गरेको होटलका प्रवन्धक कमल श्रेष्ठले बताएका छन । उनले बैकको व्याज, कामदारको तलव , घर भाडा आदी कसरी र कहाँबाट म्यानेज गर्ने र व्यवसायलाई कसरी पुन ः म्यानेज गर्ने अवस्था कठिन भएको बताएका छन ।

सरकारले आठौँ पटक थप गरेको लकडाउनको अवधी २०७६ जेष्ठ ३२ सकीदैँछ त्यसपछि पुन ः म्याद थप हुने संभावना भए पनि लकडाउनलाई खुकुलो पार्ने घोषणा गरेपनि होटल पूर्णरुपमा खुलाउने निर्णय नगरेका कारण अझै प्रभावित हुनुपर्ने उर्लाबारीको मंगलबारेस्थित होटल ड्रिम्सका संचालक उदयचन्द्र श्रेष्ठले बताए । उनले पनि सवै होटल व्यवासायीहरुको अवस्था एउटै किसिमका भएकाले सरकारले बिशेष आर्थिक प्याकेज, सहुलित व्याज दरमा कर्जा र हाल सम्मको ब्याज पूर्ण मिनाह आदी गर्नुपर्ने समेत माग गरेका छन् ।

यसरी लकडाउनले थलिएको उद्योग व्यवसायलाई कसरी संचालन गर्ने र व्यावसायीहरुलाई घर भाडा तथा बैक व्याज छुट्का बिषयमा संघले निर्णय गरी सहजीकरणका लागि उर्लाबारी नगरपालिकामा पठाएको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताए ।

उता उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले लकडाउनले उद्योग व्यावसाय मात्र नभई नगरपालिकाको आर्थिक सहितका सवै क्षेत्र प्रभावित बने पनि सवैको साझा प्रयासले नगरमा जेष्ठ ३२ गतेसम्म कोरोना भाईरसका संक्रमित नभएको बताए । नेपाल सरकारले आठौै पटक थप गरेको लकडाउनको अवधी समाप्त भए पछि हामीले अव व्यावसायी सहित नगरबासीलाईलाई समृद्ध बनाउने कार्ययोजना सहितको आर्थिक बर्ष २०७७/०७८ को नगरको बजेट निर्माणको तयारीमा लागेको बताए ।

नगर प्रमुख फागोले नगरबासीलाई केन्द्रमा राखेर लकडाउनले प्रभावित बनेका सवै क्षेत्रको लागि बजेट निर्माण हुने बताएदै नगरपालिको पहल तथा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको समन्वयमा खानेपानीका उपभोक्ताहरुलाई ३ महिनाको महशुल छुट् गरिएको जानकारी दिए । पूर्ण बन्द भएका पसलहरुको पसल भाडा तथा बैक ब्याज छुट्को समेत निर्णय गरी कार्यन्यवनको तयारीमा रहेको बताएका छन ।