उदयपुर । लकडाउनको सदुपयोग गर्दै उदयपुरका एक कृषकले नेपालमा नौलो फलको रूपमा चिनिएको ड्रागन फलको नर्सरी घरमै उत्पादन गरेका छन् ।

त्रियुगा नगरपालिका–५ श्रीपुरका दिपक वान्तावा राईले ड्रागन फलको नर्सरी आफ्नो घरमै उत्पादन गरेका हुन् । मेक्सिकोमा उत्पत्ति भएको ड्रागन फल एक सिउँडी प्रजातिको फल हो । मानव स्वास्थ्यका लागि औषधीय गुणले भरीपूर्ण फल भएकाले गाउँ घरका गरिब परिवारसम्म पहुँच पु¥याउने लक्ष्यका साथ लकडाउनको समयमा घरमा भएका माउ बोटबाट नर्सरी उत्पादन गरेको कृषक राईले बताए ।

नेपालमै पहिलो पटक सन् २००२ मा भियतनामबाट ड्रागन फल भिœयाउने डा. जगन्नाथ राईकहाँ पुगेर यस फलबारे जानकारी लिएको कृषक राईले बताए । राईलाई भेटेर यस फलको र खेती प्रविधिबारे जानकारी लिई केहि बिरुवा ल्याएर रोपेको उनले बताए । मानिसको स्वास्थ्यका लागि अति उपयुक्त भएकाले जमिन भएका गरिब दुःखी परिवारसम्म पु¥याउने लक्ष्यका साथ नर्सरी उत्पादन गर्न थालेको कृषक राईले बताए ।

नयाँ वर्षसँगै फर्म दर्ता गरेर व्यावसायिक रूपमा नयाँ कामको थालनी गर्नको लागि सबै प्रक्रिया पूरा भएको भए पनि लकडाउनले गर्दा दर्ता गर्न नपाएको उनले बताए । लकडाउन खुलेपछि तत्काल फर्म दर्ता गरेर व्यवसायिक रूपमा नर्सरी उत्पादन गर्ने कृषक राईले बताए । ड्रागन फलको महत्त्व नेपाली समाजले अलिअलि बुझ्न थालेकाले यसको माग उच्च हुन थालेको उनले बताए ।

थोरै जमिन भए पनि १–२ बोट रोप्न सकिने र सहज रूपले उत्पादन लिन सकिने भएकाले गरिब परिवारसम्म पु¥याउने उद्देश्यका साथ नर्सरी उत्पादन गर्न थालेको कृषक राईले बताए । लकडाउनले गर्दा एक सय हाराहारीको रूपमा गाउँमा ड्रागन फलको नर्सरी बिक्री भएको उनले बताए ।

कृषक राईले भने, ‘सामुदायिक वनको अध्यक्ष भएको नाताले उपभोत्तालाई आवश्यकता अनुसार डाले घाँसको नर्सरी पनि उत्पादन गर्दै आएको थिएँ । वर्षायामसँगै पानी परेको बेला डाले घाँसको बिरुवा धेरै खपत हुन्छ । डाले घाँस रोप्दा भूक्षय हुनबाट बच्ने र हरियालीसँगै स्वच्छ वातावरण हुन्छ ।’

उपभोक्ताले डाले घाँसको नर्सरी जातअनुसार प्रतिगोटा १० देखि २० रुपैयाँमा खरिद गरी रोप्ने गरेको कृषक राईले बताए । अहिले करिब ३ हजार नर्सरी छ । बडहर, बकाइनो, टाँकी, नेभारोलगायतका डाले घाँसको नर्सरी उत्पादन गर्दै आएको उनले बताए । अहिले ड्रागन फलको १ देखि २ फिटको नर्सरीप्रति गोटा २ सय रुपैयाँ गोटा बिक्री गरिराखेको कृषक राईले बताए । ड्रागन फल खानको लागि मात्रै नभई व्यवसायिक खेती गर्न सके राम्रो आय स्रोत बन्ने उनले बताए ।

यस फलाई कम पानी चाहिने भएकाले कम पानी पर्ने ठाउँ र सुख्खा क्षेत्रमा यसको राम्रो खेती गर्न सकिने कृषक राईले बताए । अहिले नेपाली मार्केटहरूमा पाउने ड्रागन फल आयातित भएकाले राम्रो बजार भएको उनले बताए ।