यौनप्रति सकारात्मक र नकारात्मक धारणा विकास गर्न अभिभावकको बुझाइ, सोँचाइ, धर्म–सँस्कृति, वातावरण र साथीसंगतले महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरु बाल्यकालमा आफ्ना यौनअंग छोएर खेल्ने वा अर्काको यौनअंग हेरेर रम्ने गर्दछन् । अभिभावकले यस्तो देखेर पिट्ने, गालीगलौज गर्ने, हप्काउने गरेमा बच्चाहरुमा यौन गलत वा गोप्य हो भन्ने नकारात्मक धारणाको विकास हुन पुग्छ । यस्तो धारणाले उनीहरु विपरीत लिङ्गीदेखि डराएर आपूmलाई खुलेर प्रकट गर्न सक्दैन । परिणामस्वरुप उनीहरुमा अन्तर्मुखी मनोविज्ञानको विकास हुन पुग्छ । यसअतिरिक्त बाल्यकालको यौनप्रतिको नकारात्मक भावले किशोर अवस्थामा विपरीत लिङ्गीलाई अनादर गर्ने, यौन हैरानी, यौन हिंसा, यौन असुरक्षा र कतिपय अवस्थामा समाजविरोधी कार्यमा संलग्न हुनसक्ने प्रबल सम्भावना रहन्छ ।

 घरमा किशोर छोराको पहिलो वीर्य स्खलन हुँदा वा किशोरी छोरीको पहिलो महिनावारी हुँदा त्यसबारे उनीहरुले उत्सुकताबस अभिभावकलाई सोध्न सक्छन् । यसरी आफ्ना सन्तानहरुको यौन उत्सुकतालाई नकारात्मकरुपमा लिएर गाली ग¥यो भने उनीहरुको जिज्ञासा नै हराउँछ ।

किशोर अवस्था खोज र प्रयोगको अवस्था हो तर उनीहरुमा यौनसम्बन्धी ज्ञान, अनुभव र परिपक्वताको कमीका कारण सानै उमेरमा गर्भाधारण, विद्यालय छोड्ने, लागूऔषध दुरुपयोग गर्ने, एचआईभी र यौनप्रसरित रोगहरुबाट संक्रमित हुनेजस्ता यौन तथा प्रजनन् स्वास्थ्य स मस्याहरु देखा पर्दछन् । यी प्रतिकूल असरबारे यौन तथा प्रजनन् शिक्षा आवश्यक छ । कतिपय शिक्षित व्यक्तिहरुसमेत यौनलाई पति–पत्नीमा मात्र सीमित राख्नुपर्छ भन्ने गर्दछन् । यसबारे छलफल नगर्दा कति यौन समस्या समस्याकै रुपमा रहिरहन्छन् । घरमा किशोर छोराको पहिलो वीर्य स्खलन हुँदा वा किशोरी छोरीको पहिलो महिनावारी हुँदा त्यसबारे उनीहरुले उत्सुकताबस अभिभावकलाई सोध्न सक्छन् । यसरी आफ्ना सन्तानहरुको यौन उत्सुकतालाई नकारात्मकरुपमा लिएर गाली ग¥यो भने उनीहरुको जिज्ञासा नै हराउँछ वा उक्त जिज्ञासाको वैकल्पिक उत्तर खोज्ने अभिलाषास्वरुप अस्वस्थ्यकर स्रोतहरु भेटाएर यौनलाई अस्वाभाविकरुपमा हेर्न सक्छन् ।

समाज विशेषका यौनसम्बन्धी मूल्य–मान्यता र मिथकहरुले यौन तथा प्रजनन् स्वास्थ्य प्रभावित बनेको हुन्छ । विशेषतः अल्प विकसित र विकासोन्मुख देशहरुमा यौन शिक्षाबारे बढी मिथकहरु भेटिन्छन् । यौन तथा प्रजनन्का कुरा गर्नु असभ्य, लाज र पापको कुरा हो । प्रजनन् अंग फोहोर छन् । परिवार नियोजनका उपाय अवलम्बन गर्नु पाप हो, बन्ध्याकरण गर्नेबाट पूजा चलाउनु हुँदैन भन्ने मान्यता पुरातन समाजमा सिकाइएको हुन्छ । महिनावारी भएकी स्त्रीलाई छुन नहुने मान्यतास्वरुप गुफा अथवा छाउपडीमा राख्ने र एचआईभी÷एड्स लाई समेत यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको अभावका कारण गोप्य राख्ने प्रवृत्ति समाजमा अझ विद्यमान् छन् ।

यौन शोषण, यौन रोग जबर्जस्तीकरण बाल यौन दुराचार, हाडनाता करणीजस्ता कतिपय गम्भीर प्रकृतिका मुद्दाहरु, नैतिकता र लाजसरमको बहानामा बहस गरिँदैन । यौन तथा प्रजनन् शिक्षा विषय अध्यापन गराउँदा प्रजनन् अंगहरु लिङ्ग, योनी, स्तन आदिको नाम लिन र पढाउन कठिन हुन्छ । प्रजनन् प्रक्रिया, यौन व्यवहार, यौन असक्षमता आदि बारे चर्चा गर्नु पर्दा यौन समाजको परिचर्चा जरुरी छ, जुन शरमबस कतिपय प्रजनन् स्वास्थ्य शिक्षकले व्यक्त गर्न सक्दैनन् । यौन अंगसम्बन्धी सिधा व्याख्या गरे पुग्ने कुरालाई घुमाउरो ढङ्गले व्याख्या गर्दा विद्यार्थीले राम्ररी बुभ्mन सक्दैनन् ।

समाजमा यौन तथा यौनिकतासम्बन्धी धेरै मिथकहरु व्याप्त छन् । हस्तमैथुन गर्दा लिङ्ग बाङ्गो हुने, ब्रह्मचर्य व्रत पालन गरेमा पुण्य कमाइने, समलिङ्गी सम्बन्ध अनैतिक हो, विपरीत लिङ्गी साथी बनाउनु चरित्रहीन कुरा हो, कन्या केटीसित यौन सम्पर्क राख्दा यौन रोग निको हुन्छ, नवजात शिशु र आमालाई न्वारान नगरी छुन नहुनेजस्ता मिथ्या र भ्रामक विचारलाई हटाउन पनि यौन शिक्षा आवश्यक छ ।
हिन्दू समाजमा छोरीलाई पहिला–पहिला पहिलो रजस्वला हुनुअगाडि नै विवाह गरी पठाएमा पुण्य पाइन्छ भन्ने मान्यता व्याप्त थियो । कन्यादानलाई महादानको रुपमा हेरिन्थ्यो । छोरा नभएमा स्वर्गको ढोका नखोलिने, देउकी, झुमा र छाउपडीजस्ता मान्यताको पालना नगरे ईश्वर रिसाएर विध्वंस हुन्छ भन्ने मान्यता अभैmसम्म व्याप्त छ । परिणामतः मातृ जटिलताका कारण मृत्युदर बढिरहेको छ ।

यिनै यौन तथा प्रजनन् स्वास्थ्यका समस्याहरु समाधानार्थ हाल वृहत् यौन शिक्षा र किशोर–किशोरीका लागि शिक्षा भन्ने अवधारणाको विकास भएको छ । आफ्ना सन्तानलाई यौन शिक्षा प्रदान गर्न अभिभावकको प्रमुख भूमिका हुन्छ । केटाकेटीले म कहाँबाट जन्मेको भन्ने प्रश्न गर्दा भगवान्ले दिएको, आकाशबाट खसेको वा मन्दिरमा भेट्टाएको जवाफ हामीले दियौं भने त्यो यौन शिक्षाको मर्मविपरीत हुन सक्छ, जसले गर्दा बच्चाहरुले उपयुक्त यौन ज्ञान प्राप्त गर्दैनन् । यौन शिक्षालाई सीमिततामा नभएर व्यापकतामा बुभ्mनु आवश्यक छ । बच्चाको थाङ्ना फेर्नु, लुगा फेर्नु, जीउमा तेल लगाइदिनु, नुहाइदिनु, दूध चुसाउनु, माया गर्नु, चर्पी प्रयोग गर्ने तरिका सिकाउनु सबै यौन शिक्षाका हिस्सा हुन्, जुन अभिभावकबाट नियमितरुपमा भइरहन्छ ।

यसअतिरिक्त बालबालिकाले यौन अंगमा छोएर खेल्दा, कट्टु नलगाई यौन अंग प्रदर्शन गर्दा, यौन अंगको नाम लिँदा र अनायास सहजरुपले यौन जिज्ञासा राख्दा गाली नगरीकन त्यसको जवाफ पनि सहजरुपमै दिनु पर्दछ । कतिपय अवस्थामा यस्ता प्रश्नको घुमाएर, नीति शास्त्रसँग जोडेर वा काल्पनिक जवाफ दिँदा यसले थप समस्या सृजना गर्दछ । यौनप्रति नकारात्मक धारणाको विकास हुन सक्छ, जसले उनीहरुमा यौन असक्षमता र यौन अपराधको विकास हुन सक्छ । यसर्थ, बालबालिकालाई सानैदेखि उपयुक्त यौन शिक्षा प्रदान गर्नु अभिभावकको प्रमुख जिम्मेवारी हुन आउँछ ।