श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २९ गते बिहीबार, १२ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको दशमी तिथि १२ः५७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र ज्येष्ठा १०ः०९ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउन केही काम दोहो¥याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। विवादमा अघि नसर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधानीले नै सम्भावित समस्या टार्न सकिनेछ।व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनमा अल्मलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ। व्यवहारमा सजग रहनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ। रोकिएको काम प्रारम्भ गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। योजनाअनुसार समयमै काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
माया मारेको नतिजासमेत सकारात्मक हुनेछ। यात्राको प्रक्रिया अघि बढ्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। पछि लाभ हुने काम भने प्रारम्भ गर्न सकिनेछ।
































