श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २७ गते मङ्गलबार, १० फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको अष्टमी तिथि ०७ः४४ बनेसम्म, उप्रान्त नवमी, नक्षत्र अनुराधा ०८ः०८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमले सजिलै लक्ष्यमा पु¥याउनेछ। छोटो समयमै फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। अध्ययनमा समय दिन नसकिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पु¥याउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। माया मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनमा अल्मलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पेसा–व्यावसायले यात्रा गराउन सक्छ। अध्ययनमा प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारलगायत अर्थाेपार्जनका काममा समय बित्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ।































