धरान । सामसङ नेपालले विश्वकप फुटबल सिजनका लागि नयाँ अफर सार्वजनिक गरेको छ । सामसङले आफ्ना टेलिभिजनमा विभिन्न छुट तथा एक्सचेन्ज बोनस योजना सार्वजना गरेको छ । 

क्युलेडदेखि युएचडीसम्मका टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म  एक्सचेन्ज बोनस उपलब्ध गराएको छ । ८५ इन्चसम्मको स्क्रिनमा अफरहरू ल्याएको हो ।

सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभी खरिद गर्दा आफ्ना ग्राहकहरूलाई ३ हजार रुपैयाँसम्मको निःशुल्क नेट टिभी प्याकेज प्रदान गरिरहेको जनाएको छ । क्युलेड÷युएचडी मोडल किन्दा १२ महिनाको निःशुल्क सब्स्क्रिप्सन समेत उपलब्ध रहेको छ । सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ईएमआईको सुविधासमेत रहेको जनाइएको छ ।