धरान । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ३० थान बिरामी ओसार–पसार गर्ने ट्रली लक्ष्मीसनराइज बैङ्कले सहयोग गरेको छ ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको हो । बैङ्कको प्रधान कार्यालय काठमाडौँ तथा शाखा कार्यालय धरानको सहकार्यमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामग्री हस्तान्तरण गरेको हो । यही माघ २० गते सामग्री प्रदान गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालगायतलाई सामग्री हस्तान्तरण गरिएको थियो ।