धरान । धरानमा जारी २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा साविक उपविजेता चर्च ब्वाइज क्लब काठमाडौँ मध्यान्तर अघि २–१ गोलअन्तर अग्रता कायम गरेको छ । 

धरान रंगशालामा जारी प्रतिस्पर्धामा झापा ११ लाई २–१ गोलले पछि पारेको हो । खेलको तेस्रो मिनेटमा चर्च ब्वाइजका मिलन राईले गोल गर्दै अग्रता कायम गरेका थिए । उक्त अग्रतालाई चर्च ब्वाइजका विदेशी खेलाडी अवियामी फुकुलेनले २० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । 

यता झापा ११ ले उपहार गोल प्राप्त गरेको थियो । चर्च ब्वाइजका रक्षपंक्तिका खेलाडी अभिषेक लामाले गोलरक्षकलाई दिएको पास बिट हुन पुग्दा गोलमा परिणत भएको थियो । २–० गोलको स्पष्ट अग्रतामा आत्मघाती गोलले झापालाई राहत दिएको छ । 

यता चर्च ब्वाइजले ३४ औँ मिनेटमा पाएको पेनाल्टी गोल गर्न नसक्दा थप एक गोल गर्ने अवसर गुमाएको छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।