लक्ष्मीमार्ग । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीुको सङ्ज्ञा दिईसकेको छ । चीनबाट सुरु भएको कोभिड(१९ अर्थात नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु अझै पनि रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका यसको महामारी बाट धेरै प्रभावित भएका छन् । आज सम्मको तथ्याङ्क हेर्दा विश्वभरीमा संक्रमितको संख्या ६ लाख ६४ हजार १ सय ३ जना रहेका छन् भने १ लाख ४२ हजार ३ सय ६१ लाई रिकोभर भईसकेको छ जसमध्ये ३० हजार ८ सय ८३ जनाले यो रोग बाट ज्यान गुमाईसकेका छन् । नेपालमा पनि यो रोगका ५ जना संक्रमित व्यक्ति फेलापरि सकेका छन् । नेपाल ५ दिन देखी लकडाउनमा छ । यसै विषयमा हाल विश्वका बिभिन्न ठाँउमा रहेका नेपालीहरु यसो भन्छन् ः–

घनश्याम चम्लागाँई (हङ्कङ)

हङ्कङमा अहिले सम्म कोरोना संक्रमित संख्या ५६० पुगेको छ भने ४ जनाको मृत्‍यु भएको छ भने भाइरस संक्रमण नाटकीय रुपमा केही दिन मै बृद्धि भएको छ यसरी नाटकीय रुपमा बृद्धि भएपछि रोकथामका लागि हङ्कङ सरकारले शुक्रबार साँझ नयाँ नियम जारी गरेको छ जस अनुसार नयाँ नियम उलंङ्घन गर्ने लाई हङकङ डलर २५ हजार जरिवाना सहित ६ महिना जेल सजाय हुन सक्नेछ तर यो नियम कार्यस्थल, सार्वजनिक यातायात, अदालत, सरकारी भवन, संसद वा जिल्ला परिषद बैठक, विवाह र अन्त्येष्टिमा भने लागू हुने छैन। साथै निजी बन्दोबस्तका भेटघाटमा पनि यो नियम लागू हुने छैन। २८ मार्च, शनिबार साँझ ६ बजेबाट अप्रिल ११ अपरान्हसम्म सबै सिनेमा घर, ब्यायामशाला, अन्य मनोरन्जन स्थल, बिबिक्यु र क्याम्पिङ साइटहरु बन्द हुनेछन् भने बार र रेस्टुरेन्टहरूमा मदिराको बिक्रीमा भने रोक लगाइएको छैन। अन्य देशहरूमा लागू गरिएको जस्तो सिधै लकडाउन नगरी सरकारले सार्वजनिक जमघट कम गर्दै जाने निर्णय लिएको छ ।

सिपि राई (बेलायत)

यहाँ सरकारले अप्रील १० सम्म अर्थात तिन हप्ता सम्म घरमै बस्न भनेको छ । एक प्रकारको होम क्वारेन्टाईन जस्तै । यहाँका विद्यालय, कार्यलय लगायत सबै बन्द छन् । स्वास्थ्य संस्था जस्ता अत्यावस्यक संस्था मात्र खुल्ला छन् । हामि अहिले नै त्यत्ति धेरै आत्तिनु पर्ने अवस्था छैन । यहाँ खाद्य सामाग्रीको सुरुमा हाहाकार होला जस्तो थियो अहिले व्यवस्थीत हुँदै छ । सपिङ सेन्टरमा जाँदा ६ फिटको दुरी कायम गरेर अत्यावश्यक सामाग्री खरिद गर्ने गरेका छौं । स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपालीहरुले बिदा पाएका छैनन् ।

 

अमन पन्त(अष्ट्रेलिया)

हामि नेपाली विद्यार्थीहरु यहाँ आएर गर्ने मुख्य पेशा भनेकै रेष्टुरेन्टमा काम गर्नु रहेछ । हाल प्राय रेष्टुरेन्टहरु बन्द रहेका छन् । यहाँ सरकारले लकडाउन गरिसकेको छैन तर हामिले काम गर्ने ठाँउहरु प्राय बन्द भएको कारणले काम गर्न पाएका छैनौं । हाल हामी अष्ट्रेलिया सिड्नीमा छौ, यहाँ हाम्रो नजीकै क्षेत्रमा पनि धेरैलाई कोरोनाले संक्रमण गरिसकेको समचार सुनिएको छ । जसमध्ये ७ जना नेपालीलाई संक्रमण भएको सुनिएको छ । हाल हामी सबै नेपाली विद्यार्थी कोठामै बसिरहेका छौँ । थोरै थोरै मात्र सामान किन्न पाईने भएकोले सुपरमार्केट जान निक्ली राख्नुपर्ने बाध्यता छ ।

ऋषिमणी न्यौपाने ( कतार)

यहाँ हाल सम्ममा धेरैलाई यो रोग बाट संक्रमण भएतापनि एक जनाको मात्र यो रोगबाट मृत्यु भएको छ । अलिक धेरै संक्रमीत भएको एउटा स्टेटमा लकडाउन गरिएको भएतापनि हामि बसेको ठाँउमा त्यस्तो अवस्था छैन । समानको अत्याधिक महंगी बढेको छ, किन्न जाँदा पनि सामानको अभाव देखिन्छ । हामिले डिउटी गरि राखेकै छौँ । काम गर्न छोड्ने अवश्था छैन ।

माया राई (हंकङ)

यहाँ दुई हप्ता अघि सम्म खासै समस्या थिएन हाल अलिक समस्या बढ्दो रुपमा छ । हामि हाल नेपालीहरु पनि अलिक बढि त्रसित छौँ । पोखराको एक जना साथीलाई यो रोगको संक्रमणले भेटाएको छ अन्य नेपाली साथीहरुलाई भेटेको सुनिएको छैन । अहिले काम गर्न जाँदा एक्दमै स्ट्रीक छ । चार जना भन्दा धेरै भेला हुन पाईदैन । सिनेमा घर, ब्यायामशाला, अन्य मनोरन्जन स्थल, बिबिक्यु र क्याम्पिङ साइटहरु दुई हप्ताको लागी बन्द गरिएको छ ।

सरला कट्टेल (नर्वे)

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाईरसको संक्रमण बढ्दो छ । गत फेब्रुअरी पच्चिसमा पहिलो पटक संक्रमण भेटिएकोमा आईतबार बिहानसम्म संक्रमितको संख्या ४ नागि सकेको छ । त्यसैगरि मृत्यु हुनेको संख्या तेइस पुगेको छ । ५४ लाख जनसंख्या रहेको नर्वेमा संक्रमण बढदै गएपछि गत मार्च १३ बाट राजधानी ओस्लो लगायतका मुख्यशहरहरुमा स्कुल,कजेज, रेष्टुराँ,बार लगायत धेरै भिडभाड हुने ठाउँहरु बन्द गर्न यहाँको सरकारले निर्देशन दिएको छ । सरकारले सबै नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेको छ । कोरोनाको कारण काम छाडन बाध्य भएका नागरिकलाई सरकारले अनईम्पलोइमेन्ट बेनिफिटको घोषणा गरेको छ । यो बेनिफिट नर्वेजियन लगायत आधिकारीक रुपमा नर्वेमा काम गरिरहेका रहेका अन्य विदेशी नागरिकले पाउनेछन् । साथै यो संकट व्यवस्थापनको लागि सरकारले १सय मिलियन नर्वेजियन क्रोनरको घोषणा गरेको छ । नर्वेमा अहिलेसम्म कुनै पनि नेपालीह?मा संक्रमण देखिएको छैन । साथै भविष्यमा पर्नेसक्ने सम्भाव्य घटनालाई मध्यनजर गर्दै एनआएन नर्वे लगाएत नर्वेमा रहेका विभिन्न संघ संस्थाले नर्वेमा रहेका नेपालीहरुलाइ सहयोग गर्न विभिन्न गतिविधिहरु संचालन गरिरहेका छन् ।