धरान / लकडाउनले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने डाइलाइसिस गराउनु पर्ने विमारीहरुको संख्या बढेको छ । सातामा दुई पटक डाइलाइसिस गराएर जीवन बचाउदैं आएका मृगौला रोगीहरुको जीवन जोखिममा छ । प्रयाप्त मेसिन अभावले लामो सयम पालो पर्खने हैरानी खेप्दैं आएका मृगौला रोगीहरु भ्mन लकडाउने थप समस्यामा परेका छन् ।
अन्य समयमा दैनिक २०÷२५ जनाले डाइलोसिस सेवा लिइदैंआए पनि केही दिन यता भने २५ देखि ३० जना सम्म डाइलोसिका लागि आउने गरेको प्रतिष्ठानका इन्र्टनल मेडिसिन विभागका विभागिय प्रमुख प्राडा. संजिवकुमार शर्माले जानकारी दिए ।
प्रतिष्ठानमा नियमित आउने बाहेक दैनिक ५÷७ जना नयाँ विमारीहरु इमेरजेन्सी सेवा मार्फत आइरहेको प्राडा शर्माले जानकारी दिए । ‘संकटका बेला डाइलाइसिस गर्ने विमारीलाई समस्या नहोस भनेर हामीले छुट्टै हेल्प डेक्स राखेर सम्पर्क माध्यम बनाएका छौं । उहाँहरुलाई नियमित उपचार गराउन कुनै समस्या छैन् ।’–प्राडा शर्माले भने ।
धरानमा डाइलाइसिस सेवा नपाएर विराटनगरलगायतका स्थानमा जादैं गरेका विमारीसमेत लकडाउनका कारण प्रतिष्ठानकै सम्पर्कमा आइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए ।
डाइलाइसिस मेसिन अभाव
वीपी प्रतिष्ठानमा ८ वटा डाइलाइसिस मेसिन रहेका छन् । विमारीको चाप अनुसार यो अत्यन्त न्यून हो । त्यो पनि तीन वटा संभावित कोरोना संक्रमितका लागि भनेर छुट्याएर स्टान्डवाई राखिएको छ । ५ वटा मेसिनले नियमित विमारीको डाइलाइसिस सेवा दिइदैं आएको छ । मेसिन अभावले उनीहरुको सेवामाभने ढिलाई हुने गरेको, पालो धेरैबेरसम्म पर्खनु परेको विमारीहरुका आफन्तहरुले गुनासो गदैं आएका छन् । एउटा विमारीलाई उपचार गर्न दुईदेखि ३ घण्टा लाग्छ । कतिपय विमारीको पालो दिनभरीमा पनि नआउने विमारीका आफन्तहरु बताउछन् ।
२० वटा डाइलोसिस मेसिन थप्ने तयारी
विमारीको चाप थेग्न नसके पछि प्रतिष्ठानले २० वटा नयाँ मेसिन जडान गर्ने तयारी गरिरहेको प्राडा शर्माले जानकारी दिए । मेसिन आइसकेको तर लकडाउनले जडानमा केही ढिलाईभएको उनको भनाई छ । २० वटा मेसिन जडान भए पछि केही सहज हुने उनको भनाई छ । विमारीको चापलाई ध्यानमा राखेर नयाँ मेसिन जानड गर्ने काम भइरहेको अस्पताल निर्देशक साह बताउछन् । ‘संजिव डाक्टर साव लागि रहनु भएको छ । २० वटा मेसिन जडान पछि यहाँ विमारीले सहज सोव पाउने छन् ।’– निर्देशक साहले भने ।