इटहरी/ सरकारी जागिर छाडेर ढाका व्यवसायमा भन्दा आश्चर्यमा पर्नु होला । तर, सुनसरी इटहरीका दुर्गाप्रसाद चौलागार्इंले सरकारी जागिर छाडेर ढाका व्यवसायमा जमेका छन् ।

तेह्रथुममा जन्मिएका चौम्लागाईंले लामो समयसम्म घरेलु तथा साना उद्योग कार्यलयको जागिर छोडेर अहिले तेह्रथुमे जनरल सप्लायर्स र तेह्रथुमे ढाका टोपी उद्योग सञ्चालन गरेर मनग्यै कमाउँदै आइरहेका छन् । सरकारी जागिरबाट राम्रो आम्दानी नभए पछि राजीनामा दिएर ढाका व्यवसाय थालेको चौम्लागाईं बताउँछन् । कुनै समय एक्लो मात्रै जागिर खाएका उनले अहिले १ सय ९० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । जागिरबाट आत्मसन्तुष्टि नभएपछि २०६५ सालमा जागिर छोडेर इटहरीमा व्यवसाय गर्न थालेको उनी बताउँछन् ।

घरेलु ढाका उद्योग सञ्चालनमा ल्याएपछि चौम्लागार्इं जस्ता थुप्रै उद्यमशील महिलाहरूले काम मात्र पाएका छैनन् सीप पनि पाएका छन् । ढाका कपडा, जहाँ जुन भूगोलमा बुने पनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । २०६५ सालदेखि शुरु गरेको व्यवसायबाट अहिले मनग्य आम्दानी भइरहेको छ । १ सय ९० वटा तानबाट ढाका उत्पादन गरिरहेको उनको भनाइ थियो । आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री इटहरीसँगै देशका विभिन्न जिल्लामा निर्यात गर्ने गरेको उनी बताउँछन् । जागिरबाट सीमत कमाइ हुन्थ्यो व्यवसायमा खट्यो भने राम्रो कमाइ हुने रहेछ प्रफुल्ल हँुदै उनले थपे ।

नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुने पनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ । लामो समयदेखि एउटै व्यवसायमा लाग्दा कमाउन सकिने रहेछ उनी भन्छन् । मैले व्यवसायमा सम्भावना देखेर जागिर छोडेको थिएँ, म त्यसमै सफल भएँ चौम्लागाईंले भने । नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर उहाँले ढाकाको तान लगाउनु हुन्छ । नेपाली उत्पादन कै धागोले बुन्ने गरेका छन् । शुरुमा इटहरीमा एक छत्र व्यापार गरेको चौम्लागार्इं भन्छन् अहिले बजारमा ढाका व्यवसायीहरू समेत उल्लेखनीय सङ्ख्यामा बढेका छन् । शुरुमा मैले सामान लिएको ठाउँले मेरो बाट सामान लान्छन्, म त्यसमा नै खुशी छु उनी भन्छन् ।

ढाकाको माग बढ्दो
ढाका कपडाको माग बड्दो छ । पहिलेको तुलनामा ढाकाको कपडा बढी खपत हुने गरेको उनी बताउँछन् । पहिलेको तुलनामा अहिले अहिले ढाको माग बढी आएको व्यवसायी चौम्लागाईं बताउँछन् । आफूहरूले उत्पादन गर्दै आएको ढाका कपडाको माग अत्यधिक आउने गरेको बताए ।

अहिले नेपालीहरूले आफ्नो पहिचान बुझ्दै गएको र बढी मात्रामा ढाको प्रयोग नै गर्नुपर्छ भन्ने उद्देश्यले गर्दा नै ढाकाको कपडा बढी खपत हुने गरेको उनको भनाइ छ । अहिले ढाको माग बढेसँगै व्यवसाय पनि राम्रो भइरहेको उनी बताउँछन् । विशेष गरेर खाली समयमा त्यत्तिकै बस्नु भन्दा ढाका कपडाको उत्पादन केन्द्रमा कार्य गर्ने गरेका छाँै उनी भन्छन् ।

व्यवसायमा सफल हुन उनलाई श्रीमती भुमाकुमारी डाँगीको पनि उतिकै हात छ । पसलमा ढुक्क बसेर साथ दिँदा बाहिरी काममा आफू हिँड्ने गरेकाले सफलताको पछाडि श्रीमती हुन् उनी थप्छन् । आफूले अझै यसलाई अझै विस्तार गदै अरूलाई पनि रोजगार प्रदान गर्न सक्ने बताएका छन् । सरकारले उद्यमी बन्न चाहनेहरूका लागि विभिन्न किसिमका कार्यक्रमहरू ल्याए पनि अधिकांशले अझै सरकारको सरहयोग पाउन नसकेको उनको भनाइ छ ।

यस व्यवसायको भविष्य उनी उज्वल देख्छन् उनी । झन् त्यसमा पनि पछिल्लो समयमा आइरहेका नेपाली युवा व्यवसायीहरू देखेर त उनी झन् आशावादी छन् । व्यवसाय यो होस् वा जुनसुकै होस् मन लगाएर गर्ने र ग्राहकको चाहना र आवश्यकतामा ध्यान दिने हो भने अवश्य सफल बन्न सकिन्छ, उनी दाबी गर्छन् ।

नेपालमा मात्र नभई विदेशमा समेत निर्यात हुन थाले पछि आफू उत्साहित भएको चौम्लागाईंको भनाइ छ । दक्ष जनशक्ति उत्पादन गरी विदेश पठाउनु भन्दा आफ्नै देशमा केही गर्न युवाहरू सुझाव दिन्छन् । ढाका कपडा टिकाउ मात्र हैन ,बिकाउ पनि हुने गरेकोले देशै भरबाट माग आउँछ । सीप सिकेर स्वावलम्बी बन्दै गएका चौम्लागार्इं ढाकाको माग उच्च भए पनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउँछन् ।