भण्टाबारी/ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमको थालनी गरिएको छ । एक नम्बर प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र मानिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आकर्षित गराउने उद्देश्यले उक्त कार्यक्रमको थालनी गरिएको हो ।

पर्यटन क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनका लागि स्थानीय सरकार, कोशीटप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको त्रिपक्षीय आयोजनामा बिहीबार हात्ती सवारी कार्यक्रम गरिएको छ । हात्ती सवारीजस्ता कार्यक्रमले आन्तरिकदेखि वाह्य पर्यटक भिœयाउन टेवा पुग्ने र एक नम्बर प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न सहयोग पुग्ने कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाका वार्डेन रामदेव चौधरी बताउँछन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षले आफ्ना विशेषताहरूका बारेमा जानकारी गराउँदै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई हात्ती सवारी गराएको छ । बिहीबार बिहान कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्ती सवारी नहर चौक हुँदै पुनः कोशीटप्पुमा आएर सकिएको थियो ।

हात्ती सवारी कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, कोशी गाउँपालिका वडानम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी, १ नम्बर वडाध्यक्ष राजकुमार साहसहितका जनप्रतिनिधि, कर्मचारी तथा नेपाली सेनाको सहभागिता रहेको थियो । कोशीटप्पु वन्यजन्तु आरक्षको विशेषताका बारेमा सर्वसाधारणलाई अवगत गराउँदै आन्तरिकदेखि वाह्य पर्यटक भिœयाउने उद्देश्यले हात्ती सवारी कार्यक्रम गरिएको र आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गरिने वार्डेन चौधरीले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकार लागिपरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । कोशीटप्पुको संरक्षण र पर्यटकीय विकासका लागि सबै एकमत भए पनि जङ्गली जनावर र सर्वसाधारणबीचको द्वन्द्व अन्त्य गरिनुपर्नेमा उनले जोड दिए । मानव र जनावरबीचको द्वन्द्व रोक्दै प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र संरक्षणमा जुट्न अन्सारीले आग्रह गरेका छन् ।

जङ्गली जनावरका लागि घाँसको व्यवस्थापन गरेर मात्र दिगो समाधान नहुने भएकोले तारबारको सट्टा आरसीसी वाल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । पर्यटक भिœयाउन र पर्यटकीय क्षेत्रको रूपमा कोशीटप्पुलाई विकास गर्न आवश्यक रहे पनि स्थानीयको समस्या समाधान हुनुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ । यता जनावर र मानवबीचको द्वन्द्व समाधान गर्न कोशीटप्पु वन्यजन्तु आरक्ष लागिपरेको वार्डेन चौधरीको कथन छ । मानव र जनावर दुवै सुरक्षित रहने हिसाबले दीर्घकालीन योजना निर्माण गरी भ्रमण वर्षमा धेरै पर्यटक भिœयाउने योजना रहेको चौधरी बताउँछन् । कोशीटप्पुमा पर्यटक भिœयाउनका लागि जनप्रतिनिधि, नेपाली सेना, स्थानीयबासी सबैको साथ र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

कोशीटप्पुका विशेषता
१ नम्बर प्रदेशअन्तर्गत सुनसरी र उदयपुर जिल्लामा सप्तकोशी नदीले बनाएको टापुमा कोशीटप्पु वन्यजन्तु आरक्ष अवस्थित छ । कोशीटप्पु वन्यजन्तु आरक्षलाई नेपालको पूर्वी तराईको महŒवपूर्ण पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ । २०३२ सालमा स्थापना भएको आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

नेपालमा संरक्षित क्षेत्रको वर्गीकरणअनुसार एकमात्र वन्यजन्तु आरक्ष, रैथाने अर्ना पाइने एकमात्र आरक्ष, विश्व रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र, पंक्षी अवलोकन, अध्ययन, अनुगमनको लागि उत्कृष्ट क्षेत्रजस्ता अनेकौं विशेषताले भरिपूर्ण क्षेत्र हो, कोशीटप्पु वन्यजन्तु आरक्ष । जैविक विविधतामा ३१ प्रजातिका स्तनधारी, ४५ प्रजातिका सरीसृप, ५२६ प्रजातिका पंक्षी, ७७ प्रजातिका पुतली, १२७ प्रजातिका माछा, ५०२ प्रजातिका सपुष्पकसहित अन्य कयौं प्रजातिका जडीबुटी यहीँ पाइन्छन् । यो आरक्ष चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ । जलचरहरूमा गोही, सोंस र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन् ।

तर, पर्याप्त सम्भावना बोकेको क्षेत्र भए पनि कोशीटप्पु वन्यजन्तु आरक्षले अपेक्षित लाभ लिन सकेको छैन । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको आरक्ष प्रचार–प्रसार तथा पूर्वाधार विकास अपेक्षाअनुसार नहुँदा फस्टाउन नसकेको हो । पर्यटकहरूको लागि रमणीयस्थल भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा अझैसम्म सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छैन । जसले गर्दा थप लगानी गर्ने माहोल छैन ।

यातायात, सञ्चार, पूर्वाधार विकास हुनुका साथै सुविधायुक्त होटेलहरूको पनि अभाव रहेकोले पर्यटनको लागि निकै सम्भावना र अवसर बोकेको क्षेत्र भए पनि यसको संरक्षण र सम्बद्र्धन हुनसके रोजगार बढ्ने र स्थानीय सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आउने देखिन्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार लगानी गर्ने माहोल बनाएमा आफूहरू कोशीटप्पुमा लगानी गर्न तयार रहेको पर्यटन व्यवसायी तथा होटेल व्यवसायी बताउँछन् । कोशीटप्पुमा भएको दुर्लभ मानिने जनावरहरू अन्तै पठाएर सरकारले कोशीटप्पुको पहिचान मेटाउने काम गरेको उनीहरूको आरोप छ ।

hatti