उदययपुर । ऐतिहासिक पर्यटकीयस्थल उदयपुरगढीमा खानेपानीको हाहाकार मच्चिएको छ ।
सरकारले घुम्नै पर्ने ‘सय गन्तव्यस्थल’ मा गढीलाई समेटेको भए पनि त्यहाँ यतिबेला खानेपानीको समस्याले शौच गर्ने र पिउने पानीको ठूलो समस्या आएको स्थानीयले बताएका छन् । पर्यटकलाई आकर्षित गर्न पर्यटकीय पूर्वाधारहरूलाई मात्रै सरकारले ध्यान दिँदा करिब ५० परिवार गढीबासीहरू पुरानै समस्या झेल्न बाध्य भएको स्थानीय दीपक रोक्काले बताए ।

धारामा पानी नआएपछि ट्याक्टरमा पानी ढुवानी गरेर ल्याउनु पर्ने बाध्यता रहेको छ । ट्याक्टरले एक पटकमा ४ हजार लिटरसम्म ल्याउँछ । त्यसको भाडा चार हजार रुपैयाँ नै तिर्नुपर्ने स्थानीय रोक्काले बताए । पुरानो धारामा कहिले पानी आउने कहिले नआउने गर्छ । गत असार अन्तिममा परेको अविरल वर्षापछि आएको बाढी पहिरोले मुहानलाई प्रभावित बनाएपछि मुस्किलले हप्तामा एकपटक पानी आउने गरेको स्थानीय रोक्काले बताए ।

गन्तव्यस्थलको रूपमा विकास गर्नका लागि सङ्घीय सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । उक्त बजेटले जीर्ण रहेको ऐतिहासिक स्थल पुरानो गढी संरक्षण, घेराबारा र भूगोलपार्क निर्माणमा ५० लाख बजेट खर्च भएको छ । बाँकी रहेको बजेट पर्यटकीयस्थलको संरक्षण तथा प्रवद्र्धनमा क्रमबद्ध रूपले खर्च हुने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले बताए ।

पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन भए पनि पिउने पानीका लागि भने कतैबाट बजेट व्यवस्था नभएको अध्यक्ष मगरले बताए । उनले भने, ‘पिउने पानीका लागि नजिकमा स्रोत छैन, १३ किलोमिटर पर भेडीखोलामा मुहान छ, त्यहाँबाट पानी ल्याउन स्थानीय बजेटले भ्याउँदैन ।’

पालिकाले पर्यटकीय क्षेत्र तथा गाउँपालिकाको केन्द्रलाई लक्षित गर्दै खानेपानीको लागि १८ लाख बजेट विनियोजन गरेको छ । पालिकाको केन्द्रमै खानेपानीको अभाव छ । लिप्mटिङ प्रविधिबाट पानी तानेर पर्यटकीय क्षेत्रलाई पानी पु¥याउने पालिकाको लक्ष्य रहेको अध्यक्ष मगरले बताए । खानेपानीको समस्यालाई समाधान गर्नका लागि ६ वर्ष पहिले सरकारले बहुवर्षीय कार्यक्रममार्फत् १ करोड ५४ लाख बजेट विनियोजन गरे पनि वार्षिकरूपमा थोरै–थोरै बजेट दिँदा काम हुन नसकेको स्थानीले गुनासो गरेका छन् । पहिलो वर्ष २० लाख, दोस्रो वर्ष ५ लाख र तेस्रो वर्षमा ६ लाख गरी ३१ लाख रुपैयाँ बजेट भित्रिए पनि एकमुष्ठ बजेट पठाउन नसक्नाले काम हुन नसकेको स्थानीय रोक्काले बताए ।

पाँच वर्षपहिला तत्कालीन जिल्ला विकास समिति र पर्यटन बोर्डले पर्यटकीय क्षेत्र उदयपुरगढी आउने आन्तरिक र वाह्य पर्यटकका लागि बास बस्न र खानका लागि सहजता ल्याउने उद्देश्यले स्थानीय महिलालाई प्रोत्साहन गर्दै होमस्टे सञ्चालनमा ल्याएको थियो । खानेपानीको समस्याले पाँच वर्ष पहिलादेखि सञ्चालनमा आएको होमस्टेसमेत प्रभावित बनेको छ । घरमा प्रयोग हुनेदेखि लिएर होमस्टेका लागि स्थानीयबासी २ किलोमिटर पर रहेको जोगीधारा, कोप्चे धाराबाट ढुवानी गरी पानी ल्याउने गरेको पञ्चावती सामुदायिक होमस्टे समितिका अध्यक्ष इन्द्रकुमारी राईले बताइन् ।

आएका पर्यटकहरूलाई होमस्टेमा पिउने पानी नै दिनसक्ने अवस्था नभएको अध्यक्ष राईले बताइन् । उनले भनिन्, ‘शौच गर्न, नुहाउन र लुगा धुने पानी नहँुदा एक हप्ता बस्न आएका पर्यटकहरू १–२ दिनमै फर्किन्छन् ।’ होमस्टे सञ्चालनका लागि सडकलगायत अन्य पूर्वाधार र सेवासुविधा भए पनि पानी नहँुदा ज्यादै समस्या भएको अध्यक्ष राईले बताइन् ।

नेपालटार बजार छोएर गएको मदन भण्डारी राजमार्गबाट करिब ८ किलोमिटर उत्तरी पहाडमा रहेको पर्यटकीय क्षेत्र उदयपुरगढी जिल्लाको पुरानो सदरमुकाम पनि हो । तत्कालीन प्रशासकसँग मिलेर २०२८ सालमा गढीबाट रातारात लुटेर सदरमुकाम गाईघाटमा सारिएको स्थानीयको भनाइ छ ।