भनिन्छ, रुचिको विषयलाई पेसामा परिणत गरे सफल हुन सजिलो हुन्छ । तर त्यसका लागि लगन, धैर्य र सङ्घर्ष चाहिन्छ । यही गरे उद्योगी राजकुमार गोल्छाले । त्यसैले त उनी अहिले आफ्ना क्षेत्रका अब्बल छन् । स्वर्गीय रामलाल गोल्छाले ८२ वर्षअघि स्थापना गरेका उद्योगहरू परिवारको तेस्रो पुस्ता अहिले व्यवसाय क्षेत्रमा क्रियाशील छन् । चौथो पुस्ताका समेत अधिकांश सदस्य व्यवसायका लागि तयार हुँदै छन् ।
रामलाल गोल्छाका दुई छोरा थिए । जेठा हंशराज गोल्छा । हंशराजका छोराहरू लोकमान्य, दिवाकर, महेन्द्र, दिनेश र राजकुमार । यीमध्ये राजकुमारले स्वर्गीय हजुरबुवा रामलाल र बुबा हंशराजले पाइला टेकेको जुटसँगै अन्य उद्योगहरूमा जमेका छन् । अन्य छोराहरूले पनि आ–आफ्नो उद्योग सम्हाल्दै छन् । २०१९ को असोज ७ मा जन्मिएका राजकुमारले उच्च शिक्षापछि २३ वर्षको उमेरदेखि व्यापार क्षेत्रमा प्रवेश गरेका हुन् । पछिल्लो समय गोल्छा परिवारको व्यावसायिक विरासतको विस्तार तथा विशिष्टीकरणमा राजकुमार सक्रिय छन् । उनले अहिले आधा दर्जन बढी उद्योग हेर्दै छन् ।
विराटनगर जुट मिलपछि २००३ मा स्थापना भएको रघुपति जुट मिल अहिले राजकुमारले सञ्चालन गर्दै आएका छन् । ‘हजुरबुबा र बुबाले पाइला टेकेको उद्योगसँगै अन्य उद्योगहरू जिम्मेवारी लिएर सञ्चालन गर्दै आएको छु,’उनले भने । विराटनगरमा सञ्चालित उक्त उद्योगमा ३ हजार २ सयले हाल प्रत्यक्ष रूपमा रोजगार पाएका छन् । ‘यो उद्योग सबैभन्दा पुरानो उद्योग हो,’ उनले, ‘यहाँबाट उत्पादन भएका जुटका सामाग्रीहरू भारत निर्यात हुन्छ ।’ उद्योगको अनुभव पछि २०४९ मा आफ्नो नेतृत्वमा सुनसरीको सोनापुरमा अरिहन्त मल्टिफाइवर्स लि. खोलेका थिए । यो उद्योग उनले सङ्कटको बेला खोलेकाले स्थापित गराउन निक्कै हम्मे परेको थियो । ‘दुवै वटा सरकारी स्वामित्वमा रहेको जुट उद्योग बन्द भएको अवस्था थियो,’ उनले अतितका दिन सम्झिदै भने, ‘एक त भारत, बङ्गलादेशमा रहेको जुट उद्योगहरूसँग प्रतिस्पर्धा गरिनुपर्ने थियो । रिक्स मोलेर अरिहन्त मल्टिफाइवर्स खोलेको थिएँ । अहिले आएर स्थापित भयो ।’
आँटेर खोलेको उद्योगमा ४ हजार ४ सय जनालाई अहिले प्रत्यक्ष रूपमा रोजगारी दिन पाउँदा खुशीको अनुभूति हुने गरेको राजकुमार बताउँछन् । ‘मेरो लागि अरिहन्त मल्टिफाइवर्स फूल फेजमा सञ्चालन हुनु एउटा परीक्षण काल थियो,’ उनले भने, ‘अहिले आएर स्थापित भएको छ । आफूले स्थापना गरेको उद्योगको पहिलो उत्पादन बिक्री हुँदा खुशीले थप उर्जा पैदा भयो ।’ थप उद्योग विस्तार गर्ने योजना अगाडि आएको थियो । त्यसपछि २०६४ सालमा अरिहन्त पोली प्याक उद्योग सञ्चालनमा आएको थियो । प्लाष्टिकका विभिन्न सामाग्री र त्रिपाल उत्पादन हुने उक्त उद्योगको उत्पादनहरू नेपाल र भारतमा खपत हुन्छन् । उनले स्थापना गरेको अरिहन्त मल्टिफाइवर्सबाट मात्र दैनिक ७० मेक्ट्रिन जुटका सामाग्रीहरू उत्पादन हुने गरेका छन् । उनले रघुपति जुट मिलबाट पनि दैनिक ५५ मेक्ट्रिक टन उत्पादन हुने गरेको उनले जानकारी दिए । उत्पादन भएको सम्पूर्ण वस्तु भारत जान्छ ।
कृषिमा पनि छलाङ
राजकुमार गोल्छाले सुनसरीको बेलहामा १० विघा क्षेत्रफलमा अरिहन्त ग्रिन हाउस सञ्चालन गर्ने तयारी शुरु गरेका छन् । कृषिलाई आधुनिकीकरण गरेर नयाँ योजनाको साथ अरिहन्त ग्रिन हाउस सञ्चालन गर्ने तयारी गरेको उनले बताए । अरिहन्त ग्रिन हाउसमा विशुद्ध अर्गानिक वस्तुहरूको उत्पादन गरिने उनले बताए । अबको ४ महिनामा उत्पादन शुरु भई बजारमा पुग्ने उनले बताए । कृषिसँगै सम्बन्धित अन्य वस्तुहरू पनि उत्पादन गरिनेछ । अहिले कागती, धान, उखुलगायतको विभिन्न तरकारी लगाइएको छ । यसलाई विस्तार गर्ने काम भइरहेको उनले बताए । यस्तै टे«डिङ्गको पनि काम गर्ने गरेको उनले बताए । स्यामि ट्याक्टरको डिलर, ठूलादेखि साना कम्पनीको ट्रान्सफरमा बनाउने कम्पनी पनि रहेको छ । त्यस्तै क्रिसटल कम्पनीको इलेक्ट्रिकल सामान पाउने डिलर पनि रहेको छ ।
यस्तो थियो हजुरबुवाको योगदान
नेपालको औद्योगिक इतिहास त्यहाँबाट शुरु भयो, जब गोल्छा परिवार नेपाल आयो । नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापनाको श्रेय स्वर्गीय रामलाल गोल्छालाई जान्छ । रामलाल गोल्छाले नै तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरलाई उद्योग स्थापनाको महŒवबारे बताएर विश्वस्त तुल्याएका थिए । उनले विराटनगरदेखि काठमाडौं आएर राणा प्रधानमन्त्रीलाई भेटेर उद्योग भए देशभित्र उत्पादन हुन्छ, रोजगारी बढ्छ भनेर सम्झाएका थिए ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले गोल्छालाई अघि सारेर १९९३ सालमा देशकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापना गरे । मिलमा सरकारको पनि सेयर स्वामित्व थियो । पछि सरकारले नै यो उद्योग चलाउन थाल्यो । २००७ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन शुरु गर्दा स्वर्गीय गिरिजाप्रसाद कोइरालालगायतले जुट उद्योगको मजदुरका रूपमा त्यहाँ हडताल गरेर आन्दोलन शुरु गरेका थिए । रामलाल गोल्छाको पुख्र्यौली थातथलो भारतको राजस्थान, रतनगढ थियो । १६ वर्षको उमेरमा उनका बाबु पदमसिंह गोल्छाको निधनपछि उनी बसाइँ सरेर फारबिसगञ्ज आएका थिए । त्यहाँ केही वर्ष बसेपछि १९७८ सालमा उनी नेपाल छिरे । नेपाल आएपछि उनी जुटको व्यापारमा लागे । सायद भारतमा जुट निकासीको शुरुआतको श्रेय पनि उनैलाई जान्छ । रामलाल गोल्छाले शुरुका दिनहरूमा धेरै दुःख गरेका थिए । ‘कतिसम्म भने वहाँ आफैं जुट काँधमा बोकेरसमेत बेच्न जानुहुन्थ्यो रे’, हजुरबुवालाई सम्झँदै व्यवसायी राजकुमार गोल्छा भन्छन्, ‘उहाँमा व्यावसायिक चेतना असाध्यै थियो । जुटकै व्यापार गर्दा पनि कति बेला किन्ने, कति बेला बेच्दा राम्रो मुनाफा पाइन्छ भनेर बजारको विश्लेषण गर्ने क्षमता थियो ।’
सरकारले दियो ‘महत्वपूर्ण व्यावसायिक’ सम्मान
राजकुमार गोल्छाका तीन छोरी र श्रीमती सन्ध्या गोल्छा हुन् । उनका छोरीहरू एकता, कोमल र अश्वनी गोल्छा विदेशमा अध्ययन पूरा गरी अहिले उद्योग व्यवसाय क्षेत्रमा संलग्न छन् । उद्योगी राजकुमार विभिन्न सङ्घसंस्थाहरूमा पनि आबद्ध भएर समाजसेवाको पनि काम गर्दै आएका छन् । उनी उद्योग सङ्गठन मोरङका उपाध्यक्ष तथा नेपाल जुट उद्योग सङ्घका अध्यक्ष छन् । उनले उद्योग वाणिज्य क्षेत्र सङ्गठित हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । उनले स्थापना गरेको अरिहन्त मल्टिफाइवर्स लि. अहिले देशकै सबैभन्दा बढी रोजगार दिने उद्योगमा पर्दछ ।
‘देशकै सबैभन्दा बढी मजदुरहरूलाई रोजगारी दिने उद्योगमा पर्दा खुशी लागेको छ,’ उनी भन्छन् । सङ्घीय सरकारले देशभरिमा रहेका उद्योगमा भन्दा सबैभन्दा बढी रोजगारी दिने अरिहन्त मल्टिफाइवर्स उद्योग रहेको भन्दै उक्त उद्योगका सञ्चालक राजकुमार गोल्छालाई ‘महŒवपूर्ण व्यावसायिक व्यक्ति’ बाट सम्मानपत्र प्रदान गरिएको थियो । तत्कालीन प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातबाट उनलाई नेपालको रोजगारी सृजनामा महŒवपूर्ण योगदान पुर्याएको भन्दै उनलाई ‘महŒवपूर्ण व्यावसायिक व्यक्ति’ को उपाधि दिएर २०७० साल माघ १० गते उक्त सम्मान पत्र प्रदान गरिएको थियो ।