श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ १८ गते बुधबार, ३ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको एकादशी तिथि ०१ः३५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वाषाढा २१ः४३ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भाग्यले राम्रै अवसर दिलाउनेछ। तारिफयोग्य काम गर्नाले लोकप्रियता अझै बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उत्तरदायित्व वहन गर्दै काम र जिम्मेवारी हात पार्ने मौका छ । मिहिनेतले सोचेको भन्दा बढी फाइदा दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहो¥याउनु पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि आहारविहारमा अलि सजग रहनुहोला।घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ । दिगो काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।