श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ १६ गते सोमबार, १ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको नवमी तिथि २३ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र ज्येष्ठा १८ः१५ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः४३ बजे र सूर्यास्त ०६ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिसाबकिताबमा होसियार रहनुहोला। हतारको त्रुटिले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा त्यति समय दिन नसकिएला। प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्रा, जमघट एवम् खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। दिन उत्साहपूर्ण रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरेलु समस्याले निराश तुल्याउन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ ।