उदयपुर/ उदयपुरको गाईघाट बजारमा बेसार व्यापारबाट गुजारा चलाउँदै आएकी उदुमकुमारी राई यतिबेला दशैं खर्च जुटाउन लागि परेकी छन् । सडक छेउमा सानो बोरामा मानामा बेसार भर्दै दशैं खर्च जुटाउन लागि परेकी हुन् ।
लामो समयदेखि बजारको सडक पेटीमा उनी व्यापार गर्दै आएकी छन् । जिल्लाको महाभारत पहाडमा उत्पादन भएका अग्र्यानिक बेसारको व्यापार गर्दै आएको बेसार व्यापारी राईले बताइन् । त्रियुगा नगपालिका–१४ साउनेको राई लामो समयदेखि गाईघाटमा बस्दै बेसार व्यापार गर्दै आएकी छन् ।
पिसेको बेसार बोरामा राखेर सडक छेउमा मानामा भरेर दैनिक बच्ने गरेको उनले बताइन् । अहिले बजारमा मानाको एक सय रुपैयाँका दरले बेसार बिक्री हुने गरेको राईले बताइन् । बेसार चाड पर्वमा बढि बिक्री वितरण हुने गरको छ । दिनमा हजार पन्ध्र सयसम्म बिक्री हुने गरेको राईले बताइन् । तरकारीमा प्रयोग गरिने बेसार धेरै दशैं, तिहारलगायतका चाड पर्वमा बिक्री हुने गरेको उनले बताइन् ।
साउने, धापखर्क, चौतारा, धाब्लाङलगायतका गाउँमा बढी बेसार उत्पादन हुने भएकाले त्यस क्षेत्रका बेसार खरिद गरि ल्याएर बजारमा बेच्ने गरेको राईले बताइन् । माटोभित्र फल्ने जरा भएकाले त्यसलाई खनेर धोएर सुकाएको प्रति केजी एक सय ६० रुपैयाँका दरले खरिद गरी गाढीबाट ढुवानी गरेर ल्याउने गरेको उनीले बताइन् । सुकेको बेसार मिलमा पिसेर धुलो बनाउने गरेको उनले बताइन् ।
गाउँमा केजीको एक सय ६० रुपैयाँमा खरिद गरेको बेसार गाडी भाडा अनि मिलमा पिसेको भाडालगायत जोड्दा फाइदा नै नहुने बताइन् । चैत–वैशाखमा पाखामा रोपिने बेसार पुस(माघमा खन्ने गरेको उनले बताइन् । पहिला–पहिला पाखा फाडेर रोपिने बेसार पछिल्लो सयमा आएर वन समिति लागू भई वन फडानीमा रोक लगाएपछि बेसार खेतीले व्यवसायिकता पाउन सकेको छैन । बारीमा रोप्दा गाई, भैँसी र बाख्राको मल मात्रै प्रयोग गरिने गरेको राईले बताइन् ।
जुन बेसार स्वास्थ्यका लागि अति महत्वपूर्ण खाद्य वस्तु मानिन्छ । बेसारले मानिसको स्वास्थ्यलाई धेरै राम्रो गर्दछ । बेसारलाई व्यवसायिक गर्न सके मात्रै पनि विदेशीने युवा वर्गलाई रोक्न सकिने र आर्थिक स्तर उक्सने प्रस्ट देखिन्छ । यसलाई व्यवसायिक खेती गर्न सरकारले विशेष पहल चाल्नु पर्ने देखिन्छ ।