श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २८ गते शुक्रबार, १४ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर । मार्गशिर्ष कृष्णपक्षको दशमी तिथि भोलि ०१ः०७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वफाल्गुनी ०९ः५५ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः२३ बजे र सूर्यास्त ०५ः१२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पु¥याउनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको परिणाम भने राम्रै हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिअनुसार नियम मिचेर पनि कुनै काम गर्न अघि सर्नुपर्ला।थालकोे काम दोहो¥याउनुपर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली र व्यवहारमा अलि सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ।
































