श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २७ गते बिहीबार, १३ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको  नवमी तिथि ११ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मघा ०७ः५० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः२२ बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्नेछन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखापर्न सक्छन्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालसामान जोड्ने समय छ।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज बाहिरिएको धन फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काममा लगानी गर्ने समय छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।