बुवाको मुख हेर्ने दिन

alt
  • भदौ १३, २०७६
  • मोहन श्रेष्ठ

सानो हुन्जेल मर्छ की भन्ने डर, ठूलो भएपछि मार्छ की भन्ने डर भने झै कतिको जीवनमा यो उखान चरितार्थ भएको पनि छ । अरु कुरा त परै जाओस बुवा भनेर बोलाउने सम्म पनि गर्दैनन् ।  कति बाबु छोरा विच बोलचाल नै बन्द छ । यहाँ सम्म बी अदालतमा तारिख खेपिरहेका हुन्छन् । त्यस्ता छोराछोरीहरुलाई बाबु फाल्ने डोकोको कथा एक पल्ट सबै छोराछारीलाई सुनाउनै पर्ने हो । किनकी पालो सवैको आउछ । सानो छदा छोरा छोरी विच मेरो आमा मेरो बुवा भनेर झगडा हुने गर्दछ । जब छोराछोरी ठूला हुन्छन् बुबा आमा बुढा हुन्छन् तव आमा बुवा तेरो पनि हो, मेरो मात्र हो र ? भनेर झगडा हुने गर्दछ । यस्तो तितो यथार्थ पनि हामीले अनुभव गरिरहेका छौ । यसमा दोषी को ? असल संस्कार दिन नसक्ने अभिभावक की बुवा आमाको गुण नदेख्ने छोराछोरी ? 
कुशे औशीको दिन बुवाको मुख हेर्ने दिन हो ।  यस दिन हामी बुवालाई ढोकभेट गरी मिठो खाना र राम्रो लुगा आदि सर्मपण गर्दछौ । आमा र वावाको मुख हेर्नेै दिन मनाउने हामी नेपालीहरुको प्रचलन साह्रै नै महत्वपूर्ण छ । वैशाख कृष्ण अमावस्यमा आमाको मुख हेर्ने मातातीर्थ औशीको रुपमा लिईन्छ । त्यसैगरी बुवाको मुख हेर्ने दिन हिन्दु परम्परा अनुसार भाद्र महिनाको अमावस्याका दिन पिता दिवशको रुपमा पनि मनाईन्छ । जस्को घरमा आमा बाबु छन् उनिहरुको लागि यो पर्व त्यती महत्वपूर्ण लाग्दैन । तर जस्को छैनन् वा साथमा हुदैनन् उनिहरुको लागि यो दिन अत्यन्तै पहत्वपूर्ण लाग्छ । हुन त आफ्नो आमाबाबुको मुख हेर्न कुनै निश्चित तिथि मिति चाहिदैन । यो दिन आमाबाबु विर्सनेहरुको लागि सम्झाउने दिन जास्तो लाग्छ ।  यो दिनले आमा बाबु प्रतिको आमा र बाबु प्रति सम्मान् र कृतज्ञता फर्काउन सिकाउछ । आमाबाबु प्रतिको सम्मान् भन्नु नै उहाँहरुको भावनाको कदर गर्दै सदा सर्वदा खुशी राख्नु हो । 
हामीले श्रवण कुमारको कथा पनि सुनेका छौ । जस्ले आफ्नो आँखा नदेख्ने बृद्ध आमाबाबुलाई भारमा बोकेर सम्पूर्ण तिर्थ वर्त गराएको थिए । जे होस, यहाँनिर दुबैको भूमिका र कर्तव्य बराबर हुने देखिन्छ । आमाबाबुको बाचुन्जेल सेवा गर्ने मरेपछि उहाँको गुण स्मरण गर्नु र उहाँको आर्दशलाई आत्मसाथ गर्नु नै हाम्रो कर्तव्य हो । कुशे औशीको दिन एक दिन राम्रो लुगा दिएर, मिठो मसिनो ख्वाएर, ढोकभेट गर्ने अरु दिन फर्केर पनि नहेर्ने हरु पनि भेटिन्छ । समाजमा राम्रो नाम सुवास कमाउनु, राम्रो काम गरेर सवैको निम्ति उपयोगी बन्न सक्नु नै आमा बाबुको निम्ति खुशी र सुखको क्षण हुनेछ । यिनै कुराको विषयमा विचार विमर्श गर्ने, परिवारमा आमा बाबु र छोराछोरी भेटघाट भएर छलफल गर्ने दिनको रुपमा बुबाको मुख हेर्ने दिनलाई दिन सके साचै नै यो बुबाको मुख हेर्ने दिन सार्थक हुनेछ । 
बुवाको महत्व र हाम्रो कर्तव्य 
घर भित्रका काम आमाले र घर बाहिरका सम्पूर्ण काम बाबुले ढाकेको हुन्छ । घरको खर्चदेखि शिक्षा दिक्षा, औषधि उपचार अनि परिवारको सम्पूर्ण बृद्धि  र विकासमा आवश्यक रकम र सम्पूर्ण व्यवस्थापनमा बाबुको भूमिका अह्म हुने गर्दछ । आजको प्रतिस्प्रधात्मक मुलुकमा कति घाम पानी हण्डर र ठक्कर खादो हो उसले । साँच्चै भन्ने हो भने बाबुले एउटा परिवारको निम्ती ज्यानको बाजी थापेर दिनरात भोक तिर्खा नभनि काम गरिरहेको हुन्छ, परिवार र सन्तानको लागि । यस पर्वमा छोराछोरीले बुबालाई भगवानको रुपमा पूजा गरी ढोगभेट गरिन्छ । बुवालाई मिठो मिठो खानेकुरा खुवाउने राम्रो लुगा र विभिन्न उपहार दिई सम्मान् अनि आदर गर्ने गरिन्छ । आमाबाबु नहुनेले गोकर्ण र विष्णुपादुका जस्ता धार्मिक स्थलहरुमा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने विश्वास गरिन्छ । जसरी बुवा आमाले निस्वार्थ भावले छोराछोरीलाई जन्म दिई पालन पोषण गर्दछन्, त्यसैगरी छोराछोरीलेपनि वृद्ध अवस्थामा उनिहरुलाई खुसी दिनु पर्छ यो एउटा सपुतको परम कर्तव्य हो । यहि सन्देश बुवाको मुख हेर्ने दिनले समाजमा प्रस्तुत गरेको छ । हाम्रो समाजमा विवाहपछि आमा बुवासँग छुटिएर बस्ने सम्पत्ती र अंशको नाममा झगडा गर्ने, अझै भनौं बुढेसकालमा उनिहरुलाई बोझ सम्झने अनि वृद्धाश्रममा समेत लगेर राख्ने प्रचलन बढेको देखिन्छ ।
हाम्रो मुलुकमा परापुर्व काल देखि मान्दै आएता पनि डेली अमेरिकाको रिपोर्ट अनुसार बाशिङ्टनमा बस्ने सोनोरा स्मार्ट डोनले यसको प्रचलन शुरु गरेको पाईन्छ । सन १९०९ मा स्पोकनको एक चर्चमा  जव मदर्स डेको बारेमा सुन्नु भयो त्यस बेला देखि बुबाको लागि पनि कुनै निश्चित दिन हुनपर्छ भनेर सोच्नुभयो । पछि १९१० मा जून महिनाको तेसो आईतवारको दिन फादर्स डे मनाईयो । सन् १९६६ मा मात्र यसले सरकारी मान्यता पाएको थियो । 
वातावरण मैत्री कुशे औशी
 कुशे औंसीको दिन शास्त्रोक्त विधि अनुसार ब्राम्हणहरुद्वारा पूजागरी काटिएको कुश जजमानहरु कहाँ पु¥याई थामा दलिन र ढोका माथि सिउरिईन्छ । यसरी घरमा कुश राख्नाले घर पवित्र र परिवारको कल्याण हुन्छ भन्ने धार्मिक विश्वास छ । जजमानले पनि पुरेतलाई यथाशक्य दक्षिणा दिने गर्दछन् । कुशलाई भगवान विष्णुको रुप मानिन्छ । श्री स्वस्थानी व्रत कथा अनुसार कामदेवकी स्त्रि रतिले आफुलाई छलगरी पतिव्रत धर्म नष्ट गरेपछि भगवान विष्णुलाई रतिले घाँस हुनु परोस, झार हुनु परोस, ढुंगा हुनु परोस भनेर श्राप दिएकी थिईन । घाँस हुनु परोस भनेकोमा कुश भए, झार हुनु परोस भनेकोमा तुलसी भए र ढुंगा हुनु परोस भनेकोमा सालिग्राम भए । त्यसकारण यि सबैलाई विष्णु भगवानको रुपमा पुज्ने गरिन्छ ।
जन्मदेखि मृत्युसम्म हरेक कार्यमा कुशलाई सुद्ध मानेर प्रयोग गरिन्छ । कुशको औंठी बनाएर लगाई पुजा गरेमा कार्य सिद्धि हुने जनविश्वासपनि रहेको छ । सामाजिक र वैज्ञानिक दृष्टिकोणले विष्लेषण गर्दा यो पर्व सामाजिक, प्राकृतिक र पर्यावरण मैत्री छ । यस पर्वले कुशलाई उदाहरण बनाएर सम्पूर्ण वनस्पति तथा रुख विरुवाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । 
( लेखक कौशिकी क्याम्पस, धरानका प्राचार्य, तथा समाजशास्त्रका प्राध्यापक हुनुहुन्छ । )

आचार्यद्वारा निर्वाच ...

धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ...

सुन तस्करीका अभियुक् ...

विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन त ...

गाँजा खेती गरेको आरो ...

धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युव ...

धरानबाट ब्राउन सुगरस ...

धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved