श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ९ गते सोमबार, २३ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको पञ्चमी तिथि ०६ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र कृतिका ०९ः०२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः०४ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर पनि प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ।अवसरका लागि केही दौडधुप गर्नु पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही प्राप्त गर्न कुनै वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्दा केही नोक्सान हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छोटो समयमै कामको जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारीसमेत बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गरेर मनग्य लाभ उठाउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाइनेछ।
































