विजयपुर । चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरीको अध्यक्ष खेमराज श्रेष्ठ (सुवास सङ्कल्प) चयन भएका छन् ।

धरानमा आइतबार सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रविन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा र कोषाध्यक्षमा सुमित कार्की चयन भए । यसै गरी सदस्यहरूमा रविन काफ्ले, आरती कटवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सञ्जीव तिमल्सिना, इजन तामाङ र विशाल काफ्ले रहेको निर्वाचन संयोजक नरेन्द्र बस्नेतले जानकारी दिए । केन्द्रीय प्रतिनिधिमा विनोद विश्वकर्मा र आरती थापा चयन भए । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरे ।