विजयपुर । याक्थुङ चलचित्रकर्मी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा कलाकार तथा निर्माता नवीन मेन्याङ्बो पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार धरानमा सम्पन्न दोस्रो महाधिवेशन तथा चौथो साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । समितिको उपाध्यक्षहरूमा तेज मेन्याङ्बो, शैलेन्द्र नाल्वो, दिलिप फुरुम्बो, टेकराज तिगेला, दिलु सुब्बा र कर्ण सम्वाहाङ्फे छन् । यस्तै महासचिवमा उदय सुब्बा कुरुङ्बाङ, सचिवहरूमा प्रकाश लिम्बू, मणिकुमार लिम्बू र रमेश मावोहाङ निर्वाचित भए । कोषाध्यक्षमा सञ्चमाया बरुमहाङ, सहकोषाध्यक्षमा सोमबहादुर सेरेङसहित जम्मा ३१ सदस्यीय समिति रहेको छ ।