बाथरोगलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग (अर्थराइटिस) भनिन्छ । यो रोग जुनसुकै उमेरका व्यक्तिमा हुनसक्छ या देखिन्छ । यो शरीरका कुनै पनि अङ्गमा देखिन सक्छ । बाथरोग धेरैजसो मोटोपन भएका मानिस, महिला, वृद्धवृद्धामा देखिन्छ । तर, कुनै पनि उमेर समूहमा देखिन सक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।

त्यसमा पनि मुख्य गरेर तीन प्रकारका बाथ धेरै मानिसमा देखिने गरेको छ । ती हुन्– ओस्टियो अर्थराइटिस, युरिक एसिड र गठिया बाथ । बाथ रोग लाग्ने विभिन्न कारणहरू हुन्छन् । वंशाणुगत, खानाको लापरबाहीबाट हुने युरिक एसिड, एकै प्रकारको हावापानीमा लामो बसाइ जस्तैः ओसिलो, घाम नलाग्ने या अत्यन्तै चिसो, विभिन्न प्रकारका सङ्क्रमणको समयमा नै सही उपचार नभएमा, कुपोषणका कारण, व्यायामको कमी आदि आदि ।

१. ओस्टियो अर्थराइटिस : ओस्टियो अर्थराइटिस सबैभन्दा धेरै मानिसमा देखापर्ने एक प्रकारको बाथ रोग हो । उमेर बित्दै जाँदा हाम्रो शरीरका जोर्नीमा हुने चिप्लो पदार्थ कम हुँदै जान्छ । खासगरी बुढ्यौली र अन्य चोटपटक वा सङ्क्रमणका कारण जोर्नी खिइने अनि दुखाइ र सुन्निने प्रक्रियालाई ओस्टियो अर्थराइटिस भनिन्छ । जोर्नीसँग सम्बन्धित अन्य सङ्क्रमण पनि अर्थराइटिसको कारण हुनसक्छ । भनिन्छ, यस प्रकारको बाथ रोगको पूर्ण रूपमा उपचार हुँदैन ।

तर पछिल्ला अध्ययनबाट होमियोप्याथिक या आयुर्वेदको सही उपचारपश्चात निको भएका उदाहरणहरू देख्न पाइन्छ । सामान्यतया दुखाइ कम गर्ने औषधि र फिजियोथेरापी गराएर बिरामीलाई आराम दिने गरिन्छ । बिरामीलाई धेरै असहज भएमा र धेरै खिइएको पाइएमा जोर्नीको शल्यक्रिया उपचार अपनाउन सकिन्छ । तर, यसका लागि बिरामीको अन्य स्वास्थ्य ठीक र आर्थिक रूपमा पनि सक्षम हुनुपर्ने हुन्छ । हाम्रो जस्तो मिश्रित हावापानी, उकाली ओराली अनि ओसिलो र स्वास्थ्य उपचार पहुँच कम भएको देशमा ओस्टियो अर्थराइटिसका धेरै बिरामी भेट्ने गरिन्छ । र, धेरै बिरामी आज पनि उपचारबाट बञ्चित अवस्थामै छन् ।

२. गठिया बाथः धेरै प्रकारका बाथ रोगमध्ये गठिया बाथ धेरै पीडादायी हुन्छ । विशेष गरेर साना जोर्नीहरूमा असर गर्ने यो बाथले विस्तारै ठूला जोर्नीमा पनि असर पु¥याउँदै जान्छ । यो रोगले भेटेपछि छोटो समयमा नै जोर्नीलाई असर गरेर विकार उत्पन्न गराउँछ । रगतमा पनि बाथ रोगको लक्षण देखापर्छ या रगतमा पनि रोग देखिन्छ । यसरी रोगले विस्तारै जोर्नीलाई कमजोर र रोगी बनाएर सुन्निदै फुलिँदै रोग कडा र शरीर कमजोर बनाउँछ । गठिया बाथ रगतको जाँचअनुसार दुई प्रकारमा विभाजन गरिएको छ । सिरो पोजेटिभ र सिरो नेगेटिभ रगतको विशेष जाँचबाट थाहा पाउन सकिन्छ र सोहीअनुसार उपचार गरिन्छ । जति उमेर र रोग प्रतिरोधात्मक क्षमता शरीरमा घट्दै जान्छ, त्यति धेरै यो रोगले मानिसलाई कमजोर र अपाहिच बनाउँछ ।

३. युरिक एसिडः शरीरलाई धेरै मात्रामा नचाहिने तर खानपानको माध्यमबाट शरीर या रगतमा देखापर्ने युरिक एसिड विकार वस्तु हो । हामीले खाएको खानेकुरामा रहेको प्रोटिन तŒवको शोषणपश्चात् कलेजोले प्रोटिन तŒवलाई शरीरमा उपयोग गर्दा निस्कने अनावश्यक तत्वलाई मिर्गौलाले छानेर बाहिर प्mयाँक्ने काम गर्छ । विभिन्न कारण र अस्वस्थकर जीवन शैलीका कारण यो नचाहिने तत्व पिसाबको माध्यमबाट पूरा बाहिर नगएर रगतमा नै रहिरहन पुगेमा शरीरका विभिन्न अङ्ग मुख्य गरेर साना जोर्नीसँगै जोडिएका मांसपेशी टेन्डन सुन्निने दुख्ने गर्छन् ।

युरिक एसिड बाथ रोगको मुख्य कारण खानपान नै हो । वंशाणुगत रोगसँगै खानपानमा धेरै प्रोटिन तŒव पाइने खानेकुरा जस्तैः रातो मासु, मदिरा, चिसो पेय पदार्थ र जङ्कफुड, गेडागुडी आदि नखाने या कम खाने र यदि खाइहालियो भने पनि निरन्तर नखाने र घटाउन सिट्रस फ्रुट खाएर केही हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । तर कसै–कसैलाई त अमिला फलफूलले पनि बढाउने गर्छ । यो चाहिँ व्यक्तिअनुसार हुन्छ । तर धेरैलाई भने अमिला फलफूल र प्रशस्त पानी पिएमा पिसाबको माध्यम भएर युरिक एसिड जान्छ र र दुखाइ एवम् सुन्निने कम हुन्छ । रगतमा युरिक एसिडको सामान्य मात्रा ३ देखि ७ सम्म हुन्छ । तर, ७ पुग्दा पुग्दै धेरै मानिसलाई भने खुट्टा दुख्ने, सुन्निने हुन्छ । यसको दुखाइ तीब्र हुने हुँदा खानामा र समयमै उपचारमा धेरै ख्याल गर्नुपर्छ ।

समग्रमा बाथ रोगको मुख्य लक्षण भनेको नै सुन्निनु र दुख्नु हो । यही कारणले चलाउन, हिँड्न, हात–खुट्टा खुम्च्याउन गाह्रो हुनेगर्छ । यसरी सुन्निएर असहजता सँगै यसले जोर्नी र मांसपेशीलाई जोडेर राख्ने टेन्डन विशेष गरेर लिगामेन्टमा असर गर्छ । यसरी नै रातभरिको आरामले बिहान बढी जोर्नी दुख्ने र सुन्निने गर्छ । धेरै दुखेमा टेक्न या चलाउनै नहुने, ज्वरो आउने थिच्दा धेरै देख्ने हुन्छ । मानिसको स्वभाव र प्रकृति अनुसार कसैलाई तातोको सेक त कसैलाई चिसोको सेकले आराम मिल्छ । कसैलाई लगातार हिँड्दा आराम हुन्छ त कसैलाई हिँड्दा धेरै दुख्छ । हिँड्दा धेरै दुख्नुको अर्थ जोर्नी खिइएर हुनेगर्छ । यस्तो अवस्थामा धेरै र उकालो ओरालो नहिँड्नु राम्रो हुन्छ । माथिका बाहेक अन्य धेरै प्रकारका बाथ रोग हुन्छन् ।

तर तिनीहरूका न रगतमा न जोर्नीमा खराबी देखिन्छ । मात्र मौसम परिवर्तन हुँदा, धाम्म–धुम्म हुँदा या चिसो मौसममा या समुद्रछेउमा अथवा एसी–पङ्खामा बस्दा धेरै देख्ने, सुन्निने हुन्छ । यस्ता प्रकारका बाथ रोगीको दुखाइ पनि शरीरका विभिन्न भागमा सरेर दुख्छ या एकै ठाउँमा या शरीरका पूरै भागमा पनि दुख्न सक्छ । धेरै बिरामीले त निश्चित प्रकारका खानेकुरा खाँदा पनि दुख्ने गरेको अनुभव बताउँछन् । जस्तैः लहरामा फल्ने तरकारी या सागसब्जी, जस्तैः इस्कुसको साग, इस्कुस, फर्सी, पानीमा उम्रिने साग, कालोदाल, सिमी, अदुवा आदि ।

बाथरोगको उपचार विभिन्न अवस्थाअनुसार गरिन्छ । यो रोगले भेटेको या लागेको शङ्का हुने बित्तिकै उपचार गरिएमा निको हुन्छ । यदि ढिला गरेर उपचार गरेमा जोर्नीमा असर र जोर्नी खिइएको अवस्थामा भने उपचार अलिक जटिल हुने हुन्छ । विशेष गेरर घुँडाका जोर्नी धेरै खिइने कारण हिँड्न र उठ–बस गर्न असहज हुन्छ । यस्तो अवस्थामा भने कि त घुँडाका पाङ्ग्रा फेर्ने या बायोलोजिकल एजेन्ट्सको माध्यमबाट उपचार गरिन्छ । बायोलोजिकल एजेन्ट्स भने धेरै खर्चिलो भएकोले नेपालमा यसको शुरुवात भएको छैन । आजकल त प्रोस्थेसिस अथवा कृत्रिम अङ्ग प्रत्यारोपण निक्कै सफल भएको छ । तर एकभन्दा धेरै जोर्नीमा समस्या भएमा या अन्य रोग पनि भएको भए शल्यक्रिया पनि सफल नहुन सक्छ ।

शुरु–शुरुको अवस्थामा भने औषधिसँगै फिजियोथेरापी पनि निक्कै प्रभावकारी देखिएको छ । यसले जोर्नी वरिपरिका लिगामेन्ट र मांसपेशीलाई मजबुत बनाउने हुँदा जोर्नी खिइनबाट एकहदसम्म बचाउँछ । फिजियोथेरापी नियमित गर्नाले दुखाइ पनि कम भएर जान्छ । तर जब केश जटिल अवस्थामा हुन्छ, फिजियोथेरापीले फाइदा हुँदैन । उता लगातार दुखाइ कम गर्ने औषधिको सेवनले मुटु र मिर्गौलालाई कमजोर बनाउने हुँदा नियमित सेवन गर्नु हुँदैन । आजकल धेरै मानिसहरूमा खानेकुराको प्रकार समयसँगै बदलिएको छ । बजारमा पाइने प्याकेटका खानातर्फ मोह बढेको छ ।

घाम ताप्ने या घाममा निस्किने क्रम हराएको छ । कोदो, फापर, सिस्नु, घिउ, दूध, दही या मही खाने क्रम पातलिएको छ । शारीरिक परिश्रम अत्यन्तै कम हुन थालेको छ । घरमा नै बस्ने मोबाइल या कम्प्युटरमा रमाउनेको सङ्ख्या बढेको छ । यस्तो अवस्थामा घामबाट पाइने भिटामीन डी पाइँदैन । प्राकृतिक रूपमा पाइने क्याल्सियम खाएको छैन । शरीरलाई चाहिने चिल्लो पदार्थको मुख्य स्रोत घिउ खाइँदैन । कसरत छैन भने कसरी जोर्नी बलियो होस् र कसरी शरीरलाई चाहिने क्याल्सियम पुगोस् अनि भिटामीन डी बनोस् । हो, यही कारण आजकल धेरै मानिसको हाड–जोर्नीसम्बन्धी समस्या देखिन थालेको हो । अब ढिला नगरी माथि भनिएका खानेकुरा खाने । व्यायाम गर्ने र अनिवार्य घाम ताप्ने गर्नुहोस् ।

आजको एक्काइसाैं शताब्दिमा विभिन्न चिकित्साविधि आएका छन् । जसका साइडइफेक्ट कम छन् भने प्रभावकारिता पनि राम्रो छ । त्यसैले उपचारमा जानुअघि सबै कुरा बुझेर रोगको अवस्था र पहिला गरिएका उपचारका आधारमा नयाँ उपचार पद्धति अपनाउनु आवश्यक देखिन्छ । यसमा होमियोप्याथिक, आयुर्वेदिक या प्रकृतिक चिकित्सा पर्दछन् ।

(लेखकः होमियोप्याथिक चिकित्सक हुन् ।)