रङ्गेली/ अघिल्लो साता कार्यक्रममा सहभागी हुन विराटनगर हिडेका नेपालका लागी भारतिय राजदुत मन्दिपसिंह पुरी विराटनगर विमानस्थल नखुल्दा पाँच घण्टा काठमाण्डौ विमानस्थलमा प्रतिक्षा गर्नु पर्यो ।

तिन घण्टा ढिलो सुरु भएको कार्यक्रममा राजदुत पुरीले विराटनगर बिमानस्थल सुधारको लागी प्रदेश सरकारसँग आग्रह गरे । ‘तपाईहरु यो विमान स्थलको लागी केहि गर्नुस,लेटेस प्रविधि जडान गर्नु पर्दैन ।’ उनले भने ‘भिजिविलिटीको समस्या संसारभरी छ,सामान्य प्रविधिबाट यहाँकोलागी काम गर्छ ।’ राजदुत सँगै सोहि कार्यक्रममा आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई कोपभाजनमा परे ।

उनी कार्यक्रममा ढिलो पुगेको समाचार आए । हिउँद लागे पछि विराटनगर हवाई मार्गबाट आदा देखिने समस्या हो ।

यो समयहुस्से(कुहिरो) लाग्न थालेपछि विराटनगर बिमानस्थल ढिलो खुल्छ । आवश्यक ‘भिजिविलिटि’ नखुल्ने हुदा यात्रुले लामो समय सम्म कुर्नु पर्ने हुन सक्छ । यो समस्यामा विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली पनि परे।अघिल्लै साता विराटनगरमा भएको राष्ट्रिय स्तरको एक कार्यक्रममा काठमाण्डौबाट आउने क्रममा मेयर पराजुलीले अन्तिम समयमा मात्र भेटेका थिए ।

नेपालको एक मात्र अन्तरष्ट्रिय विमानस्थल ट्राफिकको समस्याले आक्रान्त छ ।नेपाल सरकार त्यसको विकल्प तयार गर्न सकेको छैन ।आन्तरीक उडान भर्ने विमानस्थलमा सामान्य प्रविधि जडानले भिजिविलीटीको समस्या समाधान हुने थियो ।

जसबाट यात्रुको महत्वपुर्ण समय जोगिन्थ्यो । आन्तरिक उडानमा लामो दुरी जसरी यात्रुले समय छुट्याएका हुदैनन् । केहि दिन अघी हुस्सुका कारण विराटनगरविमास्थल निकै ढिलो गरिमात्र खुलेको थियो ।

दिन भरि विमानपर्खेर बस्दा अत्तालिएका सागर बस्नेतएकै दिनमा काम सकेर फर्कने सोचमा थिए । उनले एउटै कामकोलागी फेरी धाउनु पर्ने भएको बताए । आन्तरीक केहि मिनेटको उडानकालागी पनि हवाई यात्रुले अन्तराष्ट्रिय उडानको ट्रान्जीट जस्तो घण्टौँ कुर्नु पर्ने अवस्था छ ।

भिजिविलिटीको समस्या संसार भरिनै छ । पुरानै प्रविधिबाट पनि विराटनगरको जस्तो विमानस्थलको भिजिविलीटी समस्या कम गर्न सकिने जानकारहरु बताउँछन् ।

विराटनगर विमानस्थलमा १६ सय मिटर भिजिविलिटी भए पछि मात्र अवतरण र उडानकोलागी खुल्ने गरेको विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए । विराटनगर विमान स्थलले हेलीकप्टरको लगाी भने एक हजार मिछरको भिजिविलिटीमा अवतरण गर्न दिने गरेको छ ।

जेट इन्जीन भएको जाहाज लाई २ हजार मिटर आवश्यक पर्ने प्रमुख सिटौलाले बताए ।विमान अवतरणकोलागी विमानस्थलको वरिपरि विभिन्न टावर र घरहरुलाई ‘मार्क’गरेर त्यसैको अधारमा आवतरण गराउने गरेको सिटौलालले बताए ।

जि पि एसको सहायतामा ती ‘मार्क’गरिएको छ । तिनै चिन्हहरु देखिने भए पछि मात्र विमानस्थल खुल्ने गर्छ ।

विराटनगर विमानस्थललाई क्षेत्रीय हुदै अन्तराष्ट्रिय स्तरको बनाउन संघ र प्रदेश सरकार जोडतोडले लागी परेका छन् । भिजिविलीटी नपुगीविमानस्थल खुल्दैन । हिउँद महिनामा विहान विमानस्थलमा लाग्ने भुई कुहिरो हटेपछि मात्र खुल्ने गर्छ ।

सामान्य अवस्थामा ८ बजेपछि खुल्ने विमानस्थल हिउद महिनामा डिलो खुल्ने गर्छ । हिउँदको धेरै जाडोका दिनमा कुहिरो र सितलहर बाक्लो भएको बेला एक/दुई दिन प्रत्येक वर्ष विमानस्थाल बन्द हुने गरेको छ ।

समय बचतकोलागी नेपालको हवाई यातायात अझै उपयुक्त हुन सकेको छैन । नेपालका हावाई यात्रुले आन्तरिक उडानमै पनि अझै मनग्य समय छुट्याउनु पर्ने अवस्था छ ।

भिजिविलिटीको मस्याकोलागी अन्तराष्ट्रिय विमन स्थलहरुमा अत्याधुनिक प्रविधिहरु जडान गर्ने गरिन्छ ।जसको सहयाताबाट जहाज सहजै उडान र अवतरण गराउन सकिन्छ ।नेपालका आन्तरिक हवाई अड्डाहरुमा भिजिविलिटीको लागी प्रविधिको जडान गरेको पाइदैन ।

विराटनगर विमानस्थलमा आई एल एस (स्टुमेन्टल ल्यान्डीङ सिस्टम) प्रविधि जडान गरेर अहिलेको समस्या घटाउन सकिने प्रमुख सिटौलाले बताए । यस प्रविधिको जडान पछि ८ सय मिटर सम्मको भिजिविलिटीमा विमानस्थल खोल्न सकिने सिटौलाले बताए ।

धेरै हुस्सु कुहिरो लागेको दिनमा पनि खोल्न सकिने सम्भावना हुन्छ । पहाडी क्षेत्रमा यो प्रविधि उपयुक्त नहुने हुदा काठमाण्डौमा अध्ययन भए पनि जडान नभएको उनले बताए ।

विराटनगरमा हुने प्रयः अर्थ सम्बन्धि कार्यक्रममा विराटनगर विमास्थलले प्रवेश गर्छ । भएको संरचनाहरुको पुर्ण प्रयोग हुन सकेको छैन । सामान्य प्रविधि जडान नहुदा हिउद लाग्दै यात्रुले घण्टौँ विमानस्थल कुर्नु पर्ने अवस्था छ ।