जीवन अमुल्य किन छ र यसको सार्थकता के र कति भन्ने कुरा बुझ्नु महत्वपूर्ण हुन्छ । हरेकले जीवन आ–आफनै पाराले जीउने गरिन्छ । त्यो नै स्वतन्त्रताको कडी हो । मानिससँग मन, विचार, विवेक, भावन आदि भएका कारण जीवन कसरी जीउने र कस्तो जीवन सुन्दर र सफल हुन्छ भन्ने कुरा पनि बुझको हुनुपर्छ ।

मानिस त्यही कुराको सदुपयोग या उपयोग गरेर पशु भन्दा धेरै माथी छ । असल बुद्धि, विवेक प्रयोगका लागि र स्वास्थ शरिरका लागि स्वास्थ खाना पनि खानु पर्छ । यदि तपाई विचार र व्यवहार सही चाहनु हुन्छ भने तपाइको भोजन(आहार) पनि त्यही अनुसारको हुनुपर्छ ।

स्वास्थ जीवनका लागि स्वास्थ खाना अर्थात आहार नै पहिलो कडी हो । 

खाना कस्तो खाने, कसरी खाने र के-के खाने भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ । काम र शारिरिक आवश्यकताका आधारमा खाना खाने भन्ने एउटा सामान्य वुझाई छ । त्यो नै सबै सत्य होइन । हामीले जे र जस्तो खान्छौ हाम्रो मस्तिष्कले त्यस्तै प्रतिक्रिया गरिरहेको हुन्छ ।

हाम्रो स्वभाव पनि खानाको प्रकृति अनुसारकै हुन्छ । जस्तै घास खाने जनावरमा र मासु खाने जनावरमा हामी धेरै फरक पाउछौ । घास खाने शान्त स्वभावका हुन्छन भने मासुखाने अर्थात मांसहारी निर्दयी र आक्रामक हुन्छन् । त्यस्तै मानिस त धरै सर्वहारी छन् ।

मासु जन्य खानेकुरा पनि खान्छन् र शाकाहरी खानेकुरा पनि खान्छन् । त्यसमा पनि कोही गरिष्ठ खान्छन भने कोही सादा खान्छन् । त्यसैले खानका परिकार र खाने तरिकालाई लिएर ऋषिमुनिहरुले खानलाई ३ प्रकारमा विभाजन गरेका छन्, सात्विक, राजसी र तामसी ।

सात्विक खाना स्वास्थका लागि उत्तम हो । यो कुरा कतिलाई जानकारी छैन या जानकारी भए पनि जिब्रोको स्वादका लागि तामसी खान खान रुचाइन्छ । जसका कारण अनेक प्रकारका रोगको जन्म हुन्छ । आखिर स्वास्थका लागि राम्रो भनिएको सत्विक भोजन चाहि कस्तो भोजनलाई भनिन्छ त ? विषेश गरेर भात या रोटीका साँथमा खाइने तरकारी अचार या अन्य खानेकुरा सादा, धेरै चिल्लो पिरो नभएको, सहजै पच्न सक्ने, विहान मल त्याग गर्दा असहज नहुने र घरका सबै सदश्य जस्तै केटाकेटी बुढाबुढी, विरामीका लागि पनि उपयुक्त भोजनलाई सात्विक भोजन भनिन्छ ।

आफनै घर आँगनमा फन्ने सागसब्जी, गाई या भैसीको दुध दही मही, धान, मकै, कोदाे, या फापरबाट बनाइएका परिकार फलफुल आदि सात्विक हुन् । सात्विक भोजन भनेको देवता र ऋषिमुनीहरुले पनि सेवन गर्ने भोजन हो । यस्तो भोजनले शरिरमा बल, दिमागलाई स्र्फर्ति प्रदान गर्छ र विभिन्न प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ ।

यस्तो भोजन दिनमा दुई पटक सेवन गरिन्छ । विहानको भोजन १२ बजे अघी नै गरिसक्नु पर्छभने साझको भोजन सकेसम्म घाम डुब्नु अघावै । सो सम्भव नभए रातको ८ बज्नु अगावै र हलुका मात्रमा सेवन गर्नु उचित मानिन्छ ।

यसरी नै तामसी भोजन भनेको अत्यधिक मर मसला लगाएर पकाइएका मासु जन्य परिकार, तेल या घ्यूमा पकाइएका, तारिएका भात या रोटी, साँथमा मदिरा, चुरोट या अन्य पेय पदार्थको सेवन हो । यस्तो परिकार उमेर र पाँचन तन्त्र बलियो हुन्जेल पचाउन सके पनि स्वास्थका दृष्टिकोणबाट उत्तम मानिन्दैन ।

तर, आजको समयमा विश्वका अधिकाशं मानिसहरु यस्तै भोजन गर्छन । जसले शरिरलाई त केहि समयका लागि बल देला तर मस्तिष्कमा भने अनेकन प्रकारका नकारात्मक र विध्वस मच्चाउने विचार आउछन भने बढी नसाका कारण पर स्त्रि गमन, मारपिट चोरी या अरु प्रति गरिने व्यवहारमा नरमपना नआउन सक्छ ।

किनकी मासु जन्य खानेकुरा र मदिराको अत्धिक सेवनका कारण हाम्रो मस्तिष्क र शरिरका विभिन्न ग्रन्थिहरुबाट विभिन्न र अनावश्यक रसराग(हर्मोन) उत्पन्न हुन्छन् । जसका कारण तपाइले चाहेर पनि राम्रो काम गर्न सक्नु हुन्न, नचाहदा नचाहदै पनि समाजमा नराम्रा काम हुन्छन् ।

तपाइको दिमागले के असल के खराब छुट्याउन मुस्किल हुन्छ, मन चञ्चल हुन्छ । चञ्चल मनले विभिन्न नराम्रा काम तर्फ आकर्षित गर्न सक्छ । हो यस्तो प्रकारको भोजन र भोजनले निम्ताउने अवस्थालाई तामसी भोजन भनिन्छ ।

आजकल सानै उमेरमा प्रेसर, मधुमेह, मृगौला सम्बन्धि रोग या अन्य मानसिक रोग अनि हत्या, हिंसा धेरै देखा पर्नुको कारण पनि यही तामसी भोजन एउटा मुख्य कारणको रुपमा देखा परेको छ । संसारमा बनेका सबै कुरा मानिसले कुनै न कुनै रुपमा उपयोग गरेका हुन्छन्, किनकी मानिसमा मात्र बुद्धि र विवेक हुन्छ ।

यति हुँदा हुँदै पनि हामी नै अन्य जनावर र पशुपंक्षि भन्दा धेरै विरामी हुन्छौ र आफ्नो दुःखको कारण आफै बन्छौ या बनिरहेका छौ । अनि आउने पुस्तालाई पनि यस्तै सिकाइरहेका छौ ।

यसरी नै राजसी खाना भनेको विषेश गरेर कथित उपल्लो वर्ग या राजा महाराजले खाने खाना अथवा भोजन हो । यसम मिठा, पोषिला विभिन्न परिकारका व्यन्जन तयार गरिने गरिन्छ । मदिराका साँथमा या विना मदिरा यस्ता व्यन्जन बडो आनन्दका साँथमा खाने गरिन्छ ।

यस्ता व्यन्जनमा धेरै मसला, अनावश्यक तेल नभए पनि एकै पटकमा धेरै प्रकारका व्यन्जन खाइने हुँदा स्वास्थका लागि धेरै उत्तम मानिन्दैन । शरिरलाई चाहिने भन्दा धेरै प्रोटिन, भिटामिन कार्वोहाइडेट र अन्य तत्व शरिरमा जम्मा हुने र सोही अनुसारको व्ययाम नभएमा मानिस अनावश्यक मोटो हुने र अनेक प्रकारका नसर्ने रोग लाग्ने सम्भावना बढेर जाने गर्छ ।

धेरैमा त घमण्ड, उदण्ड पना पनि देखिने गर्छ भने मानिस मानिसमा वर्ग जाति विभेद अनि मानवता हराउदै जाने र आफैले आफैलाई महान सम्झिने हुँदा यस्तो प्रकारको भोजन पनि स्वास्थका लागि र सबैका लागि हितकर मानिन्दैन । र यस्तो भोजन सामान्य नागरिकले कमै मात्र प्राप्त गर्छन ।

यस्तो भोजन धेरै कम मानिसले मात्र सेवन गर्न पाउने या सक्ने हुँदा सिमित घरानामा मात्र सिमित हुने गर्छ ।

माथीका हरफहरु त भोजनका प्रकार र यसका फाइदा बेफाइदा भए । त्यसो भए अब के खाने या कस्ता खानेकुरा खाने त स्वास्थ जीवनका लागि । पृथ्विको धरातल र हावापनी अनुसार हामी जहा बसोबास गर्छौ त्यो ठाउँमा बोटमा फलेका अन्न या फलफुल र सागपात खानु सबै भन्दा स्वास्थकर मानिन्छ ।

त्यसमा पनि प्राकृतिक रुपमा फलाइएका अथवा किटनासक विषदी या मल नलगाइएका(र्अग्यानिक) उत्तम हुन्छ । बौद्ध धर्मग्रन्थ त्रिपिटकमा भनिएको छ ‘मानिसले पेट भर्न, शक्ति प्रप्त गर्न र स्वास्थ रहन जन्मिएको होइन माटामा या पानीमा उम्रिएका, बोटमा फलेका वस्तु या फल खानु पर्छ ।

यी गुणकारी र शक्तिवर्धक हुन्छन ।’ यो कुरालाई हामी उदाहरणबाट पनि बुझन सक्छौ । घासखाने जनावर मासुखने जनावर भन्दा स्वस्थ र लामो समयसम्म बाच्न सक्छन् । हामी बाघ र हात्तीको उदाहरण लिन सक्छौ । हात्ती साकाहारी अनि बाघ मांसहारी उनीहरुको उमेरमा अनि स्वभावमा कति धेरै फरक छ ।

त्यसैले उम्रेको, बोटमा फलेका चिज स्वास्थकर र पोषिला हुन्छन् ।

त्यसैले मानिसका लागि मासहारी(जन्मेको) भन्दा उम्रेको, फलेको खानेकुरा गुणकारी र स्वास्थकर हुन्छ । अन्नमा हेला गरिएको कोदो, सबै भन्दा पोषिलो हुन्छ । यसमा हाम्रो शरिरलाई चाहिने धेरै प्रकारका तत्वहरुको भण्डार हुन्छ ।

चना कति पाषिलो हुन्छ भन्ने प्रमाण घोडाबाट थाहा हुन्छ । धेरैजसो चना घोडालाई खुवाइन्छ । मकै र गहु, गेडागुडी संसारमै धेरै खेती गरिने खाध्य बस्तु हुन् । यिनीहरुका अनेकन पोषिला परिकार बनाइन्छ । धान स्वास्थ वर्दक र भात खाने मानिस संसारमा धेरै छन् ।

अझ यसको बोक्रमात्र निकालेको नफलेको अथवा ढिकीमा कुटेको चामलको भात या अन्य परिकार खान सके प्राय शरिरलाई चाहिने भिटामिन यसमा पाइन्छ भने मल त्याग पनि सहज हुन्छ । आलु अर्को पौष्टिक तत्वले भरिपूर्ण हुन्छ ।

माटोमूनि फलेका कन्दमूलको त कुरै नगरौ धेरै पोषिला र स्वास्थवर्धक हुन्छन् । बोटमा फलेका फलफुल त कति स्वास्थकर छन् । यसको त वर्णन गरेर नै सकिन्दैन । भने हामी कति भाग्यमानी छौ त हरेक चिजको सही उपभोग गर्ने स्वतन्त्रता इस्वरले हामीलाई प्रदान गरेका छन् ।

यसको साँथै मासुजन्य खानेकुरा पनि स्वास्थका लागि हानिकारक नै हुन्छन भन्ने छैन मात्र समय आवश्यकता र मात्रा मिलाएर खाने हो ।

जसले तपाइको शरिरमा बेफाइदा होइन फाइदा पुगोस । एउटा उखान छ ‘हामीले बाच्नका लागि खाने हो खानका लागि बाच्ने होइन ।’ त्यसैले स्वास्थ शरिर, स्वास्थ मन र स्वास्थ विचारवान हुनका लागि आजैबाट भोजनका प्रकार र खानेकुरा बारे सचेत रहौ र स्वास्थ जीवन बिताऔ ।