मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिका बिचमा देखीएको सिमाना बिवाद सामधानका लागि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलको सदस्यहरूमा उपाध्यक्ष सरला राई, वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारी, नेपाली कांग्रेसका सभापती सेमन्तराज दाहाल, नेकपाबाट नरेन्द्रप्रसाद ढुङ्गेल, राप्रपाबाट भुपेन्द्र कार्की र लिम्बुवानबाट रामचन्द्र थापामगर छन् । उर्लाबारी र मिक्लाजुङको सीमाना विवाद केही समय अघिदेखि शुरु भएको हो । उर्लाबारी–१ र मिक्लाजुङ–९ को सीमा नजिकै रहेको नर्सरी उर्लाबारी–१ ले खेल मैदानका लागि कटान गरेपछि विवाद शुरु भएको थियो । मिक्लाजुङ गाउँपालिकाले भने उक्त क्षेत्र मिक्लाजुङको रहेको दाबी गर्छ भने उर्लाबारीले आफ्नो भएको दाबी गर्छ ।


जसका कारण पनि ४ महिनादेखि सीमा विवाद टुंगोमा पुग्न सकेको थिएन । मिक्लाजुङ–५ मा पनि सीमा विवाद सामान्य रुपमा देखा परेको छ । लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिका बिच पनि सामान्य बिबाद आएकोे छ । यी दुई पालिका को सिमानामा पर्ने तेली खोलालाई मिक्लाजुङ गाउँपालिकाले बातावरणी परिक्षण आइई गरी टेण्डर लगाएकोमा लेटाङले पनी सोही खोला लाई बातावरणी परिक्षण आइई गरी ठेक्का लगाएकोले सामान्य सिमाना विबाद देखीएको वडा नं. ५ का वडाध्यक्ष रुद्र लिङ्देन (अनिल) ले बताए । उक्त खोलामा सामान्य बिबाद आएकाले सो बिबाद कार्यदलले हेर्ने र सामधान गर्ने मिक्लाजुङको सिमाना विबाद सामधानका समिति संयोजक तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देबिप्रशाद आचार्यले बताए ।


यस्तै यो बिषयलाई जिल्ला समन्वय समितिमा समेत पठाईको र आचार्यले बताए । यस बिषयमा जिल्ला समन्वय समिति संग बुझ्दा यो दुई वटा स्थानिय तहहरु बिचको देखीएको समस्या भएकाले सो दुई पक्षिय रुपमा सामधान गर्नु पर्ने जिल्ला समन्वय समिति संयोज नरेश पोख्रेलले बताए । स्थानिय तहरुमा समन्वय हुन नसके प्रविधीक आधारलाई हेरेर सो समस्यालाई साभधन गर्न सकिने पोख्रेलले बताए । उता मोरङ क्षेत्र नं. १ का प्रदेश शंसद कुल प्रसाद सम्बाले स्थानीय तहमा आएको यस प्रकारका समस्याहरुलाई आपसी समझदारीका आधारमा निचोडमा पु¥यानु पर्ने बताए ।

कारबाहीमा वन कार्यालय उदासिन
वन कार्यालयसँग अनुमति नलिइ नर्सरी कटान गरे पनि वन कार्यालय कारबाहीमा हालसम्म कदम चालेको देखिदैन । उर्लाबारीले खेल मैदानका लागि भन्दै नर्सरी कटान गरेको थियो । उक्त कटानका लागि वन कार्यालयसँग अनुमति लिएको थिएन ।

वन ऐन २०४९ अनुसार स्थानीय तहले रुख कटान गर्दा अनुमति लिनुपर्ने हुन्छ । खेलमैदानका लागि नगरपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । इलाका वन कार्यालय मधुमल्लाले उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीलाई नर्सरी काट्नु पर्ने कारणबारे बन कार्यालयले असार १ गते नै पहिलो पटक पत्र काटेको र ताकेतामा थप २ पटक पत्राचार गरेको इलाका वन कार्यालय मधुमल्लाले जनाएको छ । उक्त पत्र ब्लाष्टसँग सुरक्षित छ । तर, पत्रको जवाफ नआएको कार्यालयका प्रमुख जगदीशलाल देवले बताए ।

उनले भने, ‘कारबाही गर्न नसकेको र उदासिनता देखाएको हैन, कारबाही हुन्छ ।’ सेक्टर वन कार्यालय उर्लाबारीका कार्यालय प्रमुख तारिणीप्रसाद चौधरीले कारबाही प्रक्रिया अगाडी बढाएको दाबी गर्दै आएका छन् । उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीले आफुले मेयर खड्क फागो र कार्यपालीकामा जानकारी गराएको बताए । उनले मंगलबार नै जवाफ पठाउने जानकारी आएको कार्कीले बताए ।