उर्लाबारी / उर्लाबारी नगरपालिका ७ स्थित वरगाछीमा मंगलबार दिउँसो लागेको आगलागीबाट एक करोड बराबर क्षति पुगेको छ । उर्लाबारी नगरमा दमकल नहुदा बढी क्षति हुन पुगेको स्थानीयले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार भक्तराज अधिकारीको किराना पसलसहित घर पूर्णरुपमा जलेको छ । इलेक्ट्रिक सर्ट भएर आगलागी भएर अधिकारीको पक्की घर जलेर पुर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । ‘घर, किराना पसलको सामान, २ तोला सुन, १२ हजार नगद पनि सबै जलेर नष्ट भएको परिवारले जनाएको छ । घरको ६० लाख र किरानाको सामान ४० लाख बढी क्षति भएको पीडितले बताएका छन् ।

उर्लावारीमा दमकल नहुदा दमक, गौरीगञ्ज, बेलबारी, इटहरीको दमकल पुगेर डेढ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीले अधिकारी परिवारको छिमेकी अर्जुन न्यौपानेको घरमा क्षति पुगेको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले पहिलो प्राथमिकतामा आफुलाई पजेरो किन्न खर्च गरे तर सबै जनातालाई राहत पुग्ने दमकल तथा एम्बुलेन्स किन्न सकैले चासो दिएनन् । उर्लावारी जस्तो आधुनिक शहरमा दमकल नहुदा ठूलो क्षती भएको स्थानीय सरिता केशीले बताईन ।