विराटनगर/ मोरङको सुन्दर हरैचा नगरपालिका – ११ बेलेपुरकी अन्जु बजगाई बराइनमा काम गरेर फर्केकी महिला हुन् । खाडी मुलुक बराइनमा ६ वर्षसम्म काम गरेरे दुई वर्ष अघि स्वदेश फर्किन । ‘बिना शिप रोजगारमा जाँदा अर्कोको देशमा धेरै दुःख पाएको देखे,’ विदेश नजाने सोच बनाएर स्वदेश आएर महिला सशक्तिकरणको अभियानमा होमिएकी अन्जुले भनिन्, ‘गाउँघरमा बसेर विदेशबाट आएका १३ जनाले अभियान सञ्चालन गर्दै आएका छौं ।’

किशोर अवस्थामा कसैको लहैलहैमा लागेर बेचिनबाट जोगाउन, वैदेशिक रोजगारमा जाँदा आवश्यक जानकारी दिन, सूचनाप्रति सेचत गराउन, महिलालाई आफ्नै गाउँघरमा स्वरोजगार बनाउन विदेशबाट फर्किएका १३ महिलाहरु संगठित भएर सुन्दरहरैचा नगरपालिका – ११ मा ‘आर.एन.डब्लू’ नामक संस्था बनाएर अहिले महिला सशक्तिकरण अभियान सञ्चालन गरिरहेका छन् ।

संस्था गठन भएको झण्डै ढेड वर्ष भएको जानकारी दिदै संस्थाको सदस्य समेत रहेकी रीता चौधरीले ‘आर.एम. डब्लू.’ संस्था गठन भएपछि विदेशबाट आउने महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोडमा परिवर्तन आएको बताइन् । ‘सकभर स्वेदशमै बसी सिप आर्जन गरी स्वरोजगार बन्न हौलसा प्रदान गर्दछौं,’ उनले भनिन्, ‘अन्तिम अवस्थामा विदेशै जाने भए सिप सिकी, स्वदेश विमानस्थलको बाटो हुँदै कानुनी प्रक्रिया पुरा गरी जान सुझाब दिने गरेका छौं ।’ उनी भन्छिन्, ‘अवैध बाटो हुँदै रोजगारको बहानामा विदेश जाँदा धेरै नेपाली चेलीहरुले दुःखु पाएको देखिएको छु । बेलैमा सचेत गराउ हामीले गाउँघरमो महिला शक्तिकरणको अभियान नै चलाएको हो,’ रीताले भनिन् ।’

उनका अनुसार सहकारी संस्थाको माध्यमबाट सबल र सक्षम पनि बनाउँदै गइरहेको जानकारी दिइन् । १३ जना आबद्ध रहेको उक्त संस्थामा मार्सिक रुपमा बचत गर्दै आएका छन् । कसैलाई अबर र कुनै व्यवसाय सञ्चालन गर्दा सहकारीबाट ऋण लिएर जाने गरेको उनले बताइन् ।

सञ्जालकी सचिबसमेत रहेकी शान्तिला पोखेरल तीन वष मलेसियामा बसेर फर्केकी गृहिणी महिला हुन् । विनाशिप तीन वर्ष एक कम्पनीमा काम गरेको अनुभव लिएर एक वर्षअघि स्वदेश आएकी उनी पनि सशक्तिकरण अभियान छिन् । उनका अनुसार सञ्जाल स्थापना गरेपछि एक दर्जन बढी महिलालाई स्वरोजगार बनाएको जानकारी दिइन् । ‘हाम्रो संस्थामा आएर रोजगार सम्बन्धि परामर्श लिन चाहनेलाई जानकारी पनि दिएका छौं,’ पोखरेलले भनिन्, ‘वैदेशिक रोजगारमा जाँदा कानुनी प्रक्रियादेखि रोजगारको सुरक्षाबारेमा जनकारी गराउछौं ।’ रोजगारको क्रममा पीडित भएकालाई कानुनी प्रक्रियासम्म पुर्याएर न्याय पनि दिएको उनको भनाइ छ ।

कोशी हरैचाकै हिमा श्रेष्ठ पनि सञ्जालमार्फत महिला सशक्तिकरणमा लागेको बताइन् । ‘बैदेशिक रोजगारमा जाने क्रममा आवश्यक जानकारी नपाउँदा हामीले धेरै दुःख पायौं,’ उनले भनिन्,‘अब जानेले दुःख नपाउन भनेर आवश्यक परामर्श दिन सञ्जाल स्थापना गरेका हौं ।’ सञ्जालले स्थानीय तहमा महिलाहरुको पहुँच कसरी पुर्याउने भन्ने बारेमा पनि महिलालाई सचेत बनाउँदै लगेको जनाएको छ ।

समाजमा सहकारी संस्थाका माध्यमबाट महिलाले आय आर्जनको बाटोलाई फराकिलो बनाउँदै लगेका छ । सञ्जालले शिपमुलक आयआर्जनदेखि कृषिमा लगानी गर्दै आएको छ । वैदेशिक रोजगारको क्रममा मेनपावर, दलालले ठगेर पीडित भएकाहरुको लागि कानुनी प्रक्रियाको बारेमा जानकारी दिन यस्ता सञ्जालदेखि विभिन्न संघसंस्थाले ठूलो भुमिका निर्वाह गरेको ओरेक नेपाल मोरङको कार्यक्रम अधिकृत शोभा बजगाईले बताइन् । उनका अनुसार मोरङको ७ वटा स्थानमा यस्तो समूह ओरेक नेपालको पहलमा गठन भएको जानकारी दिइन् ।