सुनसरी । गत श्रावणमा सेहेरा खोलामा आएको बाढी गाउँ पस्दा इटहरी क्षेत्रमा ठूलै धनजनको क्षती भयो । बर्षातको सयममा सेहेरा खोला टेङ्ग्रा खोलामा मिसिदा बर्षेनी इटहरी क्षेत्रमा जोखिम हुने गरेको भन्दै इटहरी उपमहानगरपालिकाले खोला नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।
इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार शेरा खोलाले बिनास निम्त्यिाउन सक्ने स्थानको स्थलगत निरीक्षण गरि खोलाको तटीय क्षेत्रमै बैठक बस्दै तत्काल खोला नियन्त्रण अभियान अगाडी बढाउँन निर्णय गरेको छ । बैठकले धरान उपमहानगरपालिका क्षेत्रको पाँचकन्या प्रवेश गर्ने पुलदेखि दक्षिणतर्फ सेहेरा खोलाको पश्चिमी तटबन्ध निर्माण गर्न ३० लाख रुपैयाँ नगरसभाबाट पारित भएको रकम छुट्याएर काम थाल्ने भएको छ ।२३५ मिटर सेहेरा खोलामा तटबन्ध बाँध्दा मुख्य जोखिम क्षेत्रबाट खतरा टर्ने इटहरीका मेयर द्धारिकलाल चौधरीले बताए । उनका अनुसार, कार्यपालिका बैठकले सेहेरा मुख्य जोखिम क्षेत्र सुरुवातमा तटबन्ध बाध्नेसँगै त्यसभन्दा दक्षिणतर्फ र बुढी खोला नदीको तटबन्ध बाध्नका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, प्रदेश र केन्द्रीय सरकारसँग बजेट माग गर्ने निर्णय भएको मेयर चौधरीको भनाई थियो । इटहरी ढुब्नुका मुख्य कारण चुरेक्षेत्रमा रहेछ उनले थपे ।
इटहरीका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर अधिकारीले नगरसभाबाट पारित भएको बजेट मध्येबाट इटहरीलाई बर्षातको समयमा डुबानबाट रोक्न अन्य खोलाको जोखिम क्षेत्र पहिचान गरि रोक्थाम गर्न दुई करोड हाराहारी बजेट पनि छुट्याएर काम थाल्ने निर्णय भएको वताए । सेहेराका कारण इटहरीको वडा नं. २ र ३ का वडालाई बढी असर गर्ने गरेको छ। सेहेरा खोला बुढीखोलामा मिसिने हुँदा त्यसले पनि तटबन्ध भत्काउँदा वडा नं. ३, ४, ९ र १० वडालाई बढी क्षती पु¥याउने गरेको छ ।
इटहरीको वडा नं. २ र ३ का पूर्व र पश्चिम दुवै मानव वस्तीमा प्रवेश गर्दा वस्ती पुरै डुबाउँथ्यो । तर, पछिल्लो समय भने वडा नं. ६ र ८ मा बढी क्षती पु¥याउने गरेको छ। यी दुई वडामा खोलाको भाग नै मिचेर घर बनाएकाले गर्दा पानी बढ्नासाथ वस्ती छेउछाउँ कटान गर्ने गरेको छ । गत साउन २७ गते राति बुढी खोला नदीमा आएको बाढीले गर्दा इटहरीका चारवटा वडा तहसनहस पारेको थियो । बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो । नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौ जनाको मृत्यु भएको थियो ।
इटहरी वडानम्वर १९ का वडाअध्यक्ष श्रीनारायाण चौधरीले इटहरी ढुवान हुनु चुरे क्षेत्र नै भएको भन्दै इटहरी तरहरा ढुवान रोक्ने अभियान सुरु भएको उनको भनाई थियो । लामो समय देखि इटहरीमा बाढीले दुख दिएको कारण सेहेरा खोला नियन्त्रण गर्न अहिले जेसिवि लगाएर रोकथामको प्रयास गरीरहेको उनको भनाई थियो । इटहरीमा सेहेरा खोलाका कारण हरेक बर्ष इटहरी र आसपासका क्षेत्रको बस्ती तथा औद्योगिक क्षेत्रका उद्योग कलकारखाना डुबानमा पर्दा बर्षेनी करोडौको नोक्सानी हुँदै आएको छ । इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र इटहरी २० मा रहेको शसस्त्र प्रहरीको बराह बाहिनी मुख्यालयमा पनि डुवान र कटानमा पर्दै आएको छ ।
गत श्रावनमा बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा इटहरी आइपुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले सेहेरा र बुढी खोलाको तटबन्धन बाध्ने आश्वसन दिएका थिए । नेपाली सेनाको हेलिकोप्टरमा इटहरी आएका प्रधानमन्त्री देउवा सँगै प्रधानमन्त्रीसँगै गृहमन्त्री जर्नार्दन शर्मा, रक्षामन्त्री भीमसनदास प्रधान, नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री, नेपाल प्रहरी आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, गृह सचिव लगायतले हेलिकोप्टर मार्फत सुनसरी तथा मोरङका बाढी प्रभावित विभिन्न क्षेत्र को अवलोकन गरेको भए पनि अहिले सम्म सरकारबाट कुनै पहल सुरु भएको थिएन ।